Monday, October 11, 2010

सोलु घट्नाबारे गोपाल किरातीको ताजा अन्तरवार्ता जो जनएकता साप्ताहिकमा छापिएको छ ।

सोलुमा तँपाईको नेतृत्वमा भारतीय राजदूत राकेश सुद्प्रति जुत्ता प्रहार नै गर्ने गरि किन विरोध गरिएको हो?
सुगौली सन्धी यता १९५० को सन्धी र दिल्ली सम्झौता हुँदै अहिलेसम्म नेपालमा भारतीय हस्तक्षेप निरन्तर जारी छ । अहिले खासगरि गणतन्त्र नेपालको घोषणा भएपछि र माओवादी नेतृत्वको सरकार बनेपछि नेपालको आन्तरिक राजनीतिक स्थितिमा भारतको चरम हस्तक्षेप बढेको छ । त्यहिँ हस्तक्षेपको कारण नेपालको शान्ति र संविधान निर्माणमा गम्भिर व्यवधान खडा भएको छ । त्यसले देशको माया गर्ने राष्टिय स्वधिनता चाहाने नेपालीहरुमा ठूलो आक्रोश पैदा भएको छ । त्यसैबेला राकेश सुद्को सोलुखुम्बुमा तथाकथित भ्रमणको कार्यक्रम भयो । त्यो भ्रमण नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढाउने र नेपाललाई अशान्त बनाउने योजनाका साथ भएको शंका लागेपछि विरोध गरिएको हो ।

भ्रमण शंकास्पद छ भन्ने आधार के हो?
बाहिर प्रचार गर्दा सुद्कॊ भ्रमण सोलु जिल्लाको खुम्जुड गाविसमा खानेपानी उद्घाटनको लागि भन्ने प्रचार गरिएको छ । तर हामीलाई प्राप्त भएको उसको भ्रमण तालिकामा कार्यक्रम त्यहाँ मात्र थिएन । त्योभन्दा निक्कै टाढा पश्चिममा पर्ने र खानेपानीको उद्घाटनसँग कुनै सम्बन्ध नरहेको थामे गाऊँमा पनि जाने कार्यक्रम थियो । थामे गाऊँ यस्तो ठाऊँ हो जहाँ १९७१ सम्म भारतीय सेनाको क्याप्टेनको नेतृत्वमा चेकपोष्ट थियो । त्यो नेपाल र चीनको तिब्बतलाई जोड्ने सोलु जिल्लाको एकमात्र नाका हो । हामीलाई जानकारीमा आए अनुसार सुद् उक्त स्थानमा लामा लेप्जुङ नाम गरेको दलाई लामाको वरिष्ट अधिकारी तथा दुई जना भारतीय सैनिकका अधिकृतहरु श्रीमान् श्रीमतीको रुपमासहित त्यहाँ पुग्ने कार्यक्रम सूचि थियो । यसरी हेर्दा सुद्को भ्रमण कतै थामेमा पुन भारतीय सेनाको चेकपोष्ट राख्ने र अर्को खम्पा काण्ड दोहोर्याउने तथा सोलु र नेपाललाई अशान्त बनाउने कि्रयाकलाप होइन शंका गर्ने प्रशसत ठाऊँ देखिन्छ । नेपाललाई चीन विरोधी गतिविधिको थलो बन्न नदिने हाम्रो पार्टीको नीति पनि रहेकोले पार्टीको किरात राज्य समितिको योजना र शेर्पा राष्टिय मुक्ति मोर्चाको आयोजनामा भब्य विरोध गरियो ।

विरोधको क्रममा सुद्माथि जुत्ता प्रहार पनि भएको हो?
हामी शान्ति र राष्टियता जिन्दावाद राकेश सुद् गेटआउटजस्ता नारासहित विरोध गरिरहेका थियौँ । त्यसैक्रममा आक्रोशित जनताहरुबाट जुत्ता प्रहार भएछ । म जुलुशको पश्चिम पट्टी भएको बेला अर्कोतिरबाट यस्तो भएको मैले पछि मात्र थाहा पाएँ । जुत्ता हान्ने हाम्रो कुनै योजना थिएन । तथापी भारतीय हस्तक्षेप विरुद्ध तीब्र घृणा स्वरुप जुत्ता प्रहार भएको हो । ती बहादुर जनतालाई हामी धन्यवाध दिन चाहान्छौँ ।


भारतीय हस्तक्षेपको विरोध गर्दा राजदूतमाथि ुजुत्ता प्रहार नै गर्नु असभ्यता होु भन्ने टिप्पणी भईरहेको छ के भन्नुहुन्छ?
भारतीय विस्तारवादी शासक वर्गले नेपालमा के सभ्यता जाहेर गरेको छ र पहिले त ऊसले सभ्य हुन सक्नु पर्यो नी । हामी संक्रमणकालमा छौँ । तर भारतमा करिब एक दशक यता बुर्जुवा एकाधिकारवादी सरकारले स्थायित्व पाएको छ । आर्थिक विकास पनि गर्दै आएको छ । आफूलाई सबभन्दा ठूलो प्रजातन्त्रवादी देश भन्छ । तर उसले आकार र शक्तिको घमण्डका कारण नेपालमाथि सँधै हेपाहा प्रवृत्ति किन देखाऊँ छ उसले त हामीलाई पाजशीलको सिद्धान्तको आधारमा सहअस्तित्वको आधारमा व्यवहार गर्नु पर्दथ्यो । उसले हाम्रो आन्तरिक मामिलामा सँधै अनावश्यक हस्तक्षेप मात्र गर्छ के यो सभ्य तरिका हो पछिल्लो पटक जब हाम्रो पार्टीको अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुने संभावना बढ्दै गयो तब दूत बनेर श्यामशरण आउने कथित नक्कली टेप टेप प्रकरण मच्याएर हाम्रा वरिष्ट नेता क। महरालाई विवादमा ल्याउने हाम्रा सभासद्लाई ज्यान मार्ने धम्कि दिने कामहरु भए । अर्कोतर्फ देश संक्रमणकालमा भएको र भ्रमण पनि शंकास्पद भएकोले शेर्पा मुक्ति मोर्चाले सिडियोलाई ज्ञापन पत्र पनि दिएको थियो । त्यहाँका सरकारी अधिकारीहरुसँग पनि हामीले छलफल गर्यौँ । आयोजकहरुसँग पनि मानीय आडदावा शेर्पा र हाम्रो जिल्ला पार्टी इाचार्जले भ्रमण रोक्न अनुरोध गर्दै १९ गते लामो छलफल गर्नुभएको थियो । त्यस मध्य शेर्पा थरका एक जनाले साथीहरु कै अगाडि फोन गरेर स्थिति राम्रो नभएकोले भ्रमण रोक्नु पर्यो भनेर सुद्लाई फोन गरेका थिए । तर राकेश सुद्बाट ुम दुई चार ढुड्गा खान तयार छु तर कार्यक्रम स्थगित गर्दिनु भन्ने जवाफ आएको हाम्रो जानकारीमा आयो । यसरी जवरजस्त रुपमा आउनुलाई कहाँ सभ्यतासँग तुलना गर्न सकिन्छ कहाँ शिष्टतासँग तुलना गर्न सकिन्छ जब कि उनको ओहदा भारतीय कुटनीतिज्ञको उच्च तह हो ।

राजदुत सुद्ले त विकास निर्माणमा सहयोग गर्न गएको बताउँदै ुके माओवादीलाई खानेपानी चाहिँदैनु प्रश्न गरेका छन् नि । ?नेपालमा हामीले भारतले दिएको पानी पिएका छैनौँ । बरु नेपालको पानीमाथि उनीहरुले गिद्धे दृष्टि अपनाएको छ । त्यो महाकालीमा कर्णालीमा होस या अरुण तीनमा । भारत वा कुनै पनि देशले गर्ने हाम्रो देशमा विकास निर्माणमा गर्ने सहयोगको हामी समर्थन गछौँ । भारतले विकास निर्माणका लागि मात्र सहयोग गरेको रहेछ भने हामी त्यसलाई स्वागत गर्छौँ । सोलुको खुम्जुडमा भारतीय दुतावासले सिधै खानेपानीको नाममा लगानी गर्न खोजेका थिए । तर त्यहाँका केहि सचेत राजनीतिक पार्टी र हामी सभासद्समेतको प्रयासमा सिधै नभइ जिविसबाट लगानी भएको छ । अर्को खुम्जुडतिर उनी सिलान्यास गर्न जानुमा हाम्रो खासै आपति गरेका छैनौँ । तर सगरमाथाको पूर्वतिर रहेको खानेपानी सिलान्यासको कार्यक्रमबाहेक दुई दिनको बाटो पर्ने पश्चिममा थामेमा गएकोप्रति हाम्रो आपत्ती हो । यो कुरा उनीसँग भएको वार्तामा पनि स्पष्ट पारेका छौँ ।

वार्तामा के कुरा भयो ?
वार्तामा हामीले दुई वटा प्रश्न गर् यौँ र तीन वटा अनुरोध गर्यौँ । हाम्रो तर्फबाट शेर्पा मुक्ति मोर्चाका अध्यष क।गम्बु शेर्पाले प्रश्न राख्नुभयो । उहाँले थामेमा नै तँपाई किन जानुपर्ने तथा नेपालको सिमानाहरु तथा राजनीतिक समाजिक साँस्कृतिक क्षेत्रहरुमा भारतले किन हस्तक्षेप गरिरहेको छ भन्ने प्रश्न राख्नुभयो । तर त्यसको सही र उचित जवाफ दिनुको सट्टा उसले तपाईका सबै प्रश्नहरु गलत छन् भने । अर्को हामीले नेपाल भारतबिचका सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गरियो र गणतान्तित्र युगको नयाँ सम्झैता गरियोस अन्तर्राष्टिय कानुन वमोजिम नेपाललाई पारवाहन सुविधा दिइयोस र नेपाल भारत र चीनबीच उच्च स्तरीय संयन्त्र बनाएर सबैलाई फाईदा हुने काम गरियोस भन्ने अनुरोध गर्यौँ । उसले सन्धि भोलि नै खारेज गर्न भारत सरकार तयार छ तर खारेज गरेपछि भारतमा रहेको ५० लाख नेपाली त नेपाल फर्काइन्छ नी भने र अन्तर्राष्टिय कानुन बमोजिम नेपाललाई पारवहन सुविधा दिईन्छ तर नेपाललाई त्यो सुविधा दिईँदा २६ मध्ये २४ नाका बन्द गरिन्छ नि भन्ने धम्किको भाषा बोले ।

कार्यक्रमको आयोजक त स्थानीय नै थिए होईन र उनीहरु कुनै राजनीतिक दलसँग अवद्ध पनि छन् ?
पूर्व पाच र काठमाडौमो राष्ट्रियताको भाषण छाँट्ने कमल थापाको राप्रपा नेपालसम्बद्ध मानिसहरु तथा समाजमा अलि बद्नाम कमाएका मान्छेहरु त्यसका आयोजक थिए । यस अर्थमा पनि हाम्रो विरोध प्रदर्शनलाई जनताले साथ दिए ।

एकिकृत नेकपा माओवादीका नेताहरुले पछिल्लो पटक राष्ट्रिय स्वाधिनताको लागि ुराष्ट्रिय युद्धुको कुरा गर्दै आउनुभएकोको छ । यो विरोध प्रदर्शन त्योसँग पनि जोडिएको हो ?
सैद्धान्तिक रुपले यो जोडिएको छ । हामी जनवादी क्रान्ति सम्पन्न गर्न लागि रहेको छौँ । जसको लागि अहिलेलाई जनताको संघीय गणतन्त्र भनिएको छ । त्यसका तीन वटा कार्यभार छन् । राष्ट्रियता राष्ट्रिय एकता ।र जनजिविका । त्यसका लागि भारतीय हस्तक्षेपको विरोध गर्नु पनि एक हो । तर व्यवहारिक रुपले जोडिएको छैन । त्यो केन्द्रीय निर्देशन अनुसार भएको कार्यक्रम थिएन । राज्यस्तरको योजना थियो । विरोध किन पनि आवश्यक ठानियो भने हामी सभासद् भएपछि चीनमा भएको ओलम्पिकको बेला तिब्बततिरबाट चीनले ओलम्पिक टर्च ल्याउने भएपछि त्यसलाई प्रभावित पार्न करिब एक दर्जन भारतीय सेनाहरु सगरमाथाको निश्चित क्याम्पसम्म पुगेको हामीलाई जानकारीमा आएपछि उनीहरुलाई फर्काइएको थियो ।

पछिल्लो समयमा माओवादीको त्यसै पनि भारतसँग सम्बन्ध चिसिएको छ यो प्रकरणले थप सम्बन्ध चिस्याउँदैन र ?
भारतीय शासक वर्गसँग हामीले समानताको आधारमा दुई देशबीचको सम्बन्ध बनाउन चाहेका हौँ । तर राष्ट्रिय स्वाधिनतालाई दाऊमा राखेर तथा उनीहरुको हस्तक्षेप सहेर हामी नेपालका माओवादीहरु घुँडा टेक्दैनौँ । आत्मासमर्पण गर्दैनौँ । यो हाम्रो जनयुद्धदेखि कै प्रतिवद्धता हो । जहाँसम्म सम्बन्ध चिसो थियो थप चिसो बनायो भन्ने प्रश्न छ मलाई लाग्छ यो घट्नाले नेपाल र भारतबीचको सम्बन्ध नयाँ ढंगले बढाउनु पर्छ भन्ने सन्देश दिएको छ । एकिकृत नेकपा माओवादीजस्तो देशभक्त र शसक्त पार्टी नेपालमा भएको तथा नेपालमा भारतीय हस्तक्षेप विरुद्ध ठूलो जागरण आएकोले हामी देशलाई सिक्किम बन्न कदापी दिँदैनौँ । सबभन्दा बद्धिमता चै अब हाम्रो पार्टी र भारतको बीचमा नयाँ वार्ता गरिनु पर्छ । सहअस्तित्वको आधारमा नयाँ नीति अख्तियार गर्नुपर्छ । त्यसैको लागि विरोधले वातावरण तयार गर्यो भन्ने लाग्छ ।
राजेश चाम्लिङ राई