Monday, February 22, 2010

'प्रतिक्रान्तिकारी खतरा बढेको छ'

राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई मूल मुद्दा बनाउँदै सडक आन्दोलन गरिरहेको एकीकृत नेकपा (माओवादी)भित्र प्रधान अन्तरविरोध किटान गर्ने विषयमा निक्कै विवाद देखिएको छ । यसैको टुङ्गो लगाउन भन्दै फागुन पहिलो साता बोलाइएको केन्द्रीय समितिको विस्तारित बैठकसमेत स्थगित गरेर माओवादीले भर्खरै राष्ट्रिय कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । प्रस्तुत छ, त्यस पार्टीभित्रका अन्तरविरोध र समसामयिक राजनीतिबारे गोरखापत्रले माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'सँग गरेको कुराकानीः
माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक स्थगन गरेर राष्ट्रिय कार्यकर्ता प्रशिक्षण किन गरेको हो ?
प्रधान अन्तरविरोधका बारेमा भइरहेको छलफललाई निष्कर्षमा पुर्‍याउन र जनताको सङ्घीय गणतन्त्र तथा त्यसका विभिन्न आयामलाई अझ स्पष्ट रूपमा परिभाषित गर्न विस्तारित बैठक बोलाउनेे निर्णय भएको थियो । तर पछिल्लो पटक स्थायी समितिको बैठकसम्म आइपुग्दा भएका छलफलहरूले पार्टीको लाइन, नीति, कार्ययोजना, आन्दोलनमा दिइएको नारा र नेतृत्व जस्ता महìवपूर्ण कुराबारे एकमत देखियो, त्यसैले विस्तारित बैठक जरुरी ठानिएन । घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद दुवै घुलमिल हुँदै गएको, त्यो दिशातिर उन्मुख देखिएकोे र राष्ट्रिय स्वाधीनतालाई कार्यनीतिक शृङ्खलाको पहिलो कडी बनाउँदै आन्दोलनलाई अगाडि बढाउने सम्बन्धमा एकमतले निर्णय गरिसकिएको स्थितिमा अहिले प्रधान अन्तरविरोधका बारेमा निर्णय नगर्दा समस्या नै परिहाल्ने देखिएन । अर्काे कुरा, अहिले प्रतिक्रन्तिकारी खतरा बढेर गएको छ । त्यसलाई असफल पार्न र संविधानसभाबाट जनताको संविधान बनाउनु हाम्रो सम्पूर्ण ध्यान केन्दि्रत गर्नु जरुरी छ । त्यसका निम्ति वैचारिक एकताका आधारमा सङ्गठनलाई अत्यन्तै सुदृढ र एकताबद्ध पार्नु जरुरी ठानेर हामीले यो प्रशिक्षण कार्यक्रम आयोजना गरेका हौँ ।
-भेलाका सहभागीबाट पार्टी नेतृत्वले निक्कै तीखो आलोचना खप्नुपरेको हो ?
निश्चय पनि कमरेडहरूले पार्टीमा भएका विभिन्न समस्याबारे नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । त्यो सकारात्मक थियो । त्यसमध्ये पार्टी दक्षिणपन्थी संशोधनवादी दिशामा नजाओस्, एमालेकरण नहोस् भन्ने एउटा प्रमुख चिन्ता थियो । त्यस्तै पार्टीभित्र पूर्णकालीन कार्यकर्तालाई संरक्षण गर्नेमा पर्याप्त ध्यान नपुगेको, पार्टीभित्र अनुशासनहीनता र अराजकता बढ्दै गएको, सङ्गठनहरूलाई चुस्त र दुरुस्त बनाउन ध्यान नपुगेको, पार्टीमा केही सुविधाभोगी प्रवृत्ति बढेको र केहीको वर्ग उत्थान भएको सङ्केत देखापरेका जस्ता समस्या पनि देखिएकाले त्यतातिर नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै पार्टीले आचारसंहिता कडाईपूर्वक पालना गरोस् र पार्टीभित्र भएका अनियमितता र गलत क्रियाकलाप एवं आचरणविरुद्ध बनेको आयोगले छिट्टै त्यसको किनारा लगाओस् भन्ने पनि थियो ।
-पार्टीमा नेतृत्वबीच व्यक्तिगत टकराव देखापरेको विषय पनि उठ्यो, होइन र ?
पार्टी नेतृत्वको टकराव भयो भनेर जबर्जस्त रूपमा कुरा उठेको होइन तर कतै त्यसो भएको त होइन ? भन्ने कुरा उठ्यो । हामीले स्पष्ट पार्‍यौँ । एउटा जीवित पार्टीभित्र अन्तरसङ्घर्षहरू, दुई लाइन सङ्घर्षहरूका रूपमा देखापर्छन् । हाम्रो पार्टीभित्र पनि त्यसप्रकारको सङ्घर्ष नभएका होइनन् । अहिले वैचारिक-राजनीतिक लाइनमा नेतृत्वमा एकरूपता आएको छ भन्ने स्पष्ट पार्‍यौँ । त्यसबाट करिब ४५ सय नेता, कार्यकर्तासहित सिङ्गो पार्टी विश्वस्त र उत्साहित भयो ।
—अहिले अध्यक्षलाई नजिक बनाएर तपाईँ ज्यादै क्रान्तिकारी देखिँदै नेतृत्वको अन्त्यन्त निकट हुन खोजेको, पार्टीको पछिल्लो विवाद त्यसैबाट सुरु भएको भन्ने चर्चा यथार्थ हो ?
यो अत्यन्तै गलत र निराधार कुरा हो । पहिलो कुरा त हाम्रो पार्टीभित्र बाहिर चर्चा भएको भन्दा ठीक उल्टो स्थिति छ । दोस्रो, म अध्यक्षसँग निकट हुन खोजेकाले गर्दा पार्टीभित्र अन्तरसङ्घर्ष र विग्रहको स्थिति देखापरेको भन्ने कुरा त झन् गलत कुरा हो । किनकि व्यक्तिगत रूपमा अध्यक्षसँग निकट हुनुपर्ने कुनै कारण छैन । तर एउटा कुरा सत्य के हो भने नेपाली कम्युनिस्ट आन्दोलनको सर्वोत्तम नेता प्रतिभा उहाँ नै हो । उहाँमा नकारात्मक पक्ष छैन, कमजोरी छैन भन्ने होइन । हामी हरेक कुरा एक दुईमा विभाजित हुन्छ भन्ने स्वीकार्छौं । अध्यक्षमा पनि त्यो द्वन्द्ववाद लागू हुन्छ । तर अहिले सामूहिक नेतृत्वको केन्दि्रकृत अभिव्यक्ति अध्यक्ष प्रचण्डमार्फत भएको कुरा हामी सबैले स्वीकारेको यथार्थ हो । यसलाई स्वीकार नगरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन र विजयमा पुर्‍याउन सकिन्न । अहिले हामी क्रान्तिलाई निणर्ायक विजयको बिन्दुमा पुर्‍याउन अगाडि बढ्दैछौँ । यो बेला नेतृत्वमाथि अनावश्यक आशङ्का, लाञ्छना र आक्रमणले क्रान्तिको हित गर्दैन । यस अर्थमा जो वास्तविक नेतृत्व हो, त्यो नेतृत्वको रक्षा गर्नु जरुरी छ भन्ने हाम्रो निष्कर्ष हो ।
-पार्टी नेतृत्वमाथि त्यस्तो आक्रमण किन भएको होला ?
हाम्रो पार्टीले क्रान्तिको प्रश्नमा कुनै सम्झौता नगर्ने प्रष्ट भएपछि र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि ल्याएपछि प्रमुख नेतृत्वमाथि चौतर्फी आक्रमण भएको छ । त्यो देशी-विदेशी प्रतिक्रियावादीहरूको हाम्रो पार्टीमाथि, हाम्रो लाइनमाथि र क्रान्तिमाथिकै आक्रमण हो । यो सुनियोजित आक्रमण हो भन्ने हामीले ठहर गरेका छौँ । त्यसैले पार्टी लाइन, पार्टी नेतृत्वको रक्षा गर्नु क्रान्तिको रक्षा हो । यो क. प्रचण्ड व्यक्तिसँगको प्रश्न होइन ।
-पार्टीका उपाध्यक्षहरूबीच टकराव रहेको यथार्थ होइन र ?
त्यो गलत कुरा हो, जो जो कमरेडबीच व्यक्तित्वको टक्कर छ भन्ने प्रचार गरिएको छ, विशेषतः म र डा. बाबुराम भट्टराई कमरेडबीच, यो अत्यन्तै गलत हो । पार्टीको लाइन निर्धारण गर्ने क्रममा हामी खुला रूपमा छलफल गर्छौँ । एकताबद्ध भएर अघि बढिरहेका छौँ । अत्यन्त घनिष्ठ सम्बन्ध छ । त्यस्तै पार्टीमा अर्का उपाध्यक्ष क. किरणको पनि कम्युनिस्ट आन्दोलनमा महìवपूर्ण योगदान रहेको छ । उहाँसँग पनि अत्यन्त कमरेड्ली सम्बन्ध रहि आएको छ ।
-माक्र्सवादीहरूले व्याख्या गर्ने गरेको क्रान्ति नेपालमा कुन चरणमा पुग्यो त ?
हामीले स्पष्ट भनेका छौँ कि नेपाल पुँजीवादी जनवादी क्रान्तिको चरणमा छ । कार्यान्वयन हुने क्रममा छ । यसक्रममा हामीले केही उपलब्धि हासिल गरेका छौँ । शताब्दियौँदेखिका सामन्तवादकोे मूल राजनीतिक प्रतिनिधि शक्ति राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेका छौँ । तर क्रान्तिले पूर्णता पाएको छैन । त्यो पूर्ण हुन अर्धसामन्ती र अर्ध औपनिवेशिक सामाजिक संंरचनामा आमूल परिवर्तन गर्ने गरी राज्यसत्ता र राज्यप्रणालीको गुण, चरित्रमा पनि हुनु जरुरी छ । त्यो भइसकेको छैन । त्यसैले अहिले पनि पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिनु आवश्यक छ । हामी त्यही प्रक्रियामा छौँ ।
-प्राविधिक हिसाबले चाहिँ तपाईँहरू यसलाई प्रत्याक्रमणको चरण भन्नुहुन्छ होइन ?
दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट अघि बढेको कुनै पनि क्रान्तिले रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणको चरण भएर सफलता प्राप्त गर्छ भन्ने द्वन्द्ववादको सामान्य नियम हो । यस अर्थमा रणनीतिक रक्षा र सन्तुलन पार गरेर हामी प्रत्याक्रमणको चरणमा रहेको कुरा ठीक हो । तर प्रश्न रणनीतिक प्रत्याक्रमण हाम्रो सन्दर्भमा कसरी लागू हुन्छ भन्ने हो । यसलाई फौजी ढङ्गले मात्र हेरिनु हुन्न । अहिले जनयुद्ध र जनयुद्धसँगको संयोजनमा भएको जन-आन्दोलनको लक्ष्य र निर्देश अनुसार शान्ति स्थापना गर्नु र नयँा जनसंविधान बनाउनु नै प्रत्याक्रमणको चरण पूरा गर्नु हो । प्रतिक्रियावादीहरूले जनताको संविधान बनाउन दिएनन् भने विद्रोहबाहेक अरु विकल्प बाँकी रहने छैन ।
-त्यो विद्रोह कसरी सम्भव छ, शिविरमा रहेका १९ हजार जनमुक्ति सेनालाई बाहिर ल्याएर युद्ध लड्ने र सत्ता कब्जा गरेर ?
पहिलो कुरा त फेरि म जोड दिएर भन्न चाहन्छु, हाम्रो प्राथमिकताको लाइन विद्रोह होइन, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र जनसंविधान निर्माण गर्नु नै हो । नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्नु हो । विद्रोह गर्न बाध्य पारिन्छ भने नेपाली जनता त चुप लागेर बस्न सक्दैनन् । त्यसबारेमा अहिल्यै बढी सोच्नु जरुरी छैन ।
-तपाईँहरूले भनेको जनसंविधान कस्तो प्रकारको संविधान हो ?
यो गम्भीर प्रश्न हो र यसै कारणले नै प्रतिक्रान्तिकारी षड्यन्त्र सुरु भएको हो । अब संविधानले परम्परागत संसदीय व्यवस्थालाई विस्थापित गरेर जनताको सङ्घीय गणतन्त्र स्थापना गर्नुपर्छ । नागरिक सर्वोच्चता कुण्ठित गर्ने राष्ट्रपतिको कदम विदेशी शक्तिहरूको योजना र निर्देशनमा यहाँभित्रका यथास्थितिवादी र राष्ट्रघाती तथा आत्मसमर्पणवादीहरूको मिलेमतोमा भएको भन्ने हाम्रो ठहर छ । त्यो प्रतिक्रान्तिकारी षड्यन्त्रको प्रारम्भिक कडी पनि हो । यो दुई कारणले भयो, पहिलो नेपाली जनताले देशको पूर्ण स्वाधीनता, लोकतन्त्र र सामाजिक-आर्थिक रूपान्तरणसहितको आमूल परिवर्तन अब सर्वहारावर्गको पार्टी एकीकृत नेकपा -माओवादी)को नेतृत्वमा मात्र सम्भव छ भनेर विधिवत रूपमा नेतृत्व हस्तान्तरण गर्‍यो । यसरी २००७ सालदेखि यता नेपाली जनताले भोगिरहेको नेतृत्वको सङ्कटलाई हल गर्‍यो । तर, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले यसलाई पचाउन सकेनन् । दोस्रो, हामीले जनताको संविधान बनाउनुपर्छ, जनताको सङ्घीय गणतन्त्र स्थापना गर्ने संविधान बनाउनुपर्छ भन्याँै । जनयुद्ध र ०६२/६३ को जन-आन्दोलन राजतन्त्रका साथै परम्परागत संसदीय ब्यवस्था विरुद्धको पनि विद्रोह थियो । त्यसैले हामीले परम्परागत संसदीय व्यवस्थाको साटो नेपाली मौलिक ढाँचाको राज्य व्यवस्थाको रूपमा जनताको सङ्घीय गणतन्त्र भनेका छौँ । अरुले यसलाई स्वीकार्न सकिरहेका छैनन् । यो हाम्रो मात्र होइन, जन-आन्दोलनको साझा लक्ष्य हो । जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लोकतन्त्रका सबै आधारभूत मूल्य-मान्यता हुन्छन् । वाक् तथा प्रकाशन स्वतन्त्रता, मानव अधिकार, मौलिक हक-अधिकार, पार्टी स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, निर्वाचित सरकार सबै यसमा हुन्छन् । त्यसमा दुईटा कुरा थप हुन्छ, एक, यसले देशलाई अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गरेर पूर्ण स्वाधीन बनाउँछ । दुई, सामन्ती शोषणका सबै रूपलाई अन्त्य गर्छ । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनको अन्त्य गर्ने दिशामा ठोस कदम चाल्छ । समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र सहभागितामूलक लोकतन्त्रलाई सुनिश्चित गर्छ । समग्रमा सामाजिक-आर्थिक रूपान्तरण गर्छ ।
- यसलाई त कम्युनिस्टहरूको नेतृत्वमा चल्ने नौलो जनवादी शासन व्यवस्था कै रूपमा ब्याख्या गर्ने गरिएको छ, होइन र ?
निश्चित रूपमा इतिहासको एउटा कालखण्डमा विकसित अवधारणा र पदावलीहरूको निश्चित अर्थ रहन्छ । जनगणतन्त्र वा नयाँ जनवादी गणतन्त्रले एउटा विशेष अर्थ ओगट्छ । त्यसमा सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी जनवादलाई समाजवादमा सङ्क्रमण गर्ने कुरालाई सुनिश्चित गरिएको हुन्छ । तर, हामीले अहिले भनिरहेको जनताको सङ्घीय गणतन्त्रले दुइटा कुरालाई खुला राखेको छ । पहिलो, हामीले नेतृत्वको प्रतिस्पर्धालाई खुला राखेका छौँ । दोस्रो, समाजवादको सम्बन्धमा पनि कस्तो समाजवाद तथा कसरी समाजवाद भन्ने कुरामा पनि छलफल, बहस र सङ्घर्षलाई पछिका लागि खुला राखेका छौँ । त्यसकारण अहिले हामीले संविधानसभाबाट बन्ने नयाँ संविधानमार्फत स्थापना गर्न खोजेको जनताको सङ्घीय गणतन्त्र त्यस प्रकारको नौलो जनवाद वा जनवादी गणतन्त्र होइन । नेपालको मौलिकतामा जनताको सङ्घीय गणतन्त्र हामीले भनेका हौँ ।
-एकीकृत नेकपा -माओवादी) विश्वव्यापी रूपमा कम्युनिष्टहरूले आत्मसात् गर्दै आएको 'जसको विचार उसको नेतृत्व'को अवधारणा विपरीत विचार एउटाको, साङ्गठनिक पकड अर्कैको र नेतृत्व तेस्रो व्यक्तिको छ भनिन्छ नि ?
यो सुनियोजित कुप्रचार हो । हाम्रो पार्टीभित्रको यथार्थभन्दा विल्कुल विपरीत कुरा हो । किनभने माक्र्सवादी पद्धति अनुसार चल्ने हाम्रो पार्टीभित्र विचार र नेतृत्वको केन्द्रीकरण छ । विचार एउटाको र नेतृत्व अर्कोको भन्ने हुनै सक्दैन । अहिलेको यथार्थ पनि त्यो होइन । विचार सबै पार्टी सदस्य, कार्यकर्ता तथा नेतृत्व पङ्क्तिको ज्ञान, चेतना र अनुभवको संश्लेषणका आधारमा निर्माण हुन्छ । त्यसमा प्रमुख भूमिका चाहिँ प्रमुख नेतृत्वकै हुन्छ । हाम्रो पार्टीमा विचार निर्माणमा पनि अध्यक्ष कमरेड प्रचण्डकै प्रमुख भूमिका रहेको छ । त्यसमा कहिले कुनै विषयबारे व्याख्या गर्दा कहिले कुनै लाइन निर्माण गर्दा अलि बढी योगदान कसैको हुन्छ । त्यस्तो अहिले भएको पनि छ । जस्तो पार्टीभित्र केही समय अघि तीव्र चलेको अन्तरसङ्घर्षले लाइनलाई स्पष्ट पार्न सहयोग गरेकै हो । यसले सङ्गठनको पनि केन्द्रीकरण गरेको छ ।
-आˆनो नेतृत्वमा सरकार हुँदा पहिले सेना समायोजन गरेर नयाँ संविधान बनाउन चाहने एनेकपा -माओवादी) अहिले संविधान निर्माणसँगै सेना समायोजन भन्न थालेको छ नि Û त्यसको आशय के हो ?
शान्ति सम्झौता अन्तर्गत सेना समायोजन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । हिजो हामीले सेना समायोजन संविधान निर्माणभन्दा अगाडि गर्न सकिन्छ पनि भनेका थियौँ तर अहिले नयाँ परिस्थिति निर्माण भएको छ । संविधानसभाबाट संविधान बन्न नदिने तथा संविधानसभा विघटन गर्नेसम्मका प्रतिक्रान्तिकारी षड्यन्त्र भइरहेकोले संविधान निर्माणको सुनिश्चितता नभई सेना समायोजन हुन सक्दैन । त्यसकारण संविधान निर्माण सँगसँगै सेना समायोजन हुनुपर्छ ।
- आजको परिस्थिति हेर्दा निर्धारित समयमा संविधान घोषणा सम्भव छ ?
हामी सबै राजनीतिक दल, नागरिक समाज र नेपालीलाई देशको गम्भीर एवं संवेदनशील सङ्क्रमणकालीन अवस्थालाई ध्यान दिन विशेष आग्रह गर्न चाहन्छौँ । अहिले शान्ति र संविधान निर्माण विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । त्यस्तो प्रतिक्रान्तिकारी षड्यन्त्रमा विदेशी शक्तिहरूको पनि भूमिका छ । त्यसले सबैभन्दा पहिले त्यसलाई असफल पार्न नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्नु जरुरी छ । यसको अर्थ नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु जरुरी छ । सम्पूर्ण देशभक्त, गणतन्त्रवादी शक्तिहरूलाई शान्ति र नयाँ संविधान निर्माण प्रक्रियालाई सफल पार्न तथा एकजुट हुन अपिल गर्छौँ । राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले त्यसको पक्षमा व्यापक जनदबाब सृष्टि गरे निर्धारित समयमा संविधान निर्माण सम्भव छ ।

Magh 8, 2066

Thursday, February 4, 2010

मन्त्री गोपाल किराँती, कक्षा सात

मन्त्री हुन कति पढ्नुपर्ला ? नेपालको के कुरा, विश्वमै यो प्रश्नको जवाफ शायदै पाइएला । तर नयाँनेपाल निर्माणको कार्यभार काँधमा हालेको गणतन्त्र नेपालको प्रथम सरकारका एक मन्त्रीको शैक्षिक योग्यता छ - सात कक्षा । त्यसो त सबै मन्त्रीको योग्यता खोजी गरिएको छैन । पढेर पास हुन नसके छिमेकबाट सजिलै प्रमाणपत्र आयात गरी सान र मान दुवै थाप्नसक्ने प्रवृत्ति र सम्भावना अझै जीउँदोजाग्दो हुँदाहुँदै उनी भने सगर्व घोषणा गर्छन् - साथीहरूले मेरो कक्षा सातको प्रचार ब्यापक गरिदिनुपर्छ ।उनी हुन् - संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँती । सोलुखुम्बुको सोताङ गाविस- ९ मा जन्मेका किराँतीले बुर्जुवा शिक्षा बहिस्कार गरेर होइन, गरिबीले पढ्न पाएनन् । कक्षा सात पढ्दापढ्दै दाजु र बाबुको निधन भएपछि किराँतीको पढाइमा पनि पूर्णविराम लाग्यो । जन्मले साइँलो भए पनि कर्मले जेठो बन्नुपरेपछि पढाइलाई सदाका लागि थन्क्याएर उनी लागे ट्रेकिङ मजदूरीमा ।पढाई कम भए दुई/चार कक्षा आफैाले थपेर भन्दिने माहौल छ । किराँतीले पनि थपेर भन्दिसक्थे - कक्षा दश । आखिर मन्त्रीको मार्कसिट कसले खोज्थ्यो र ? तर उनी सगर्व भन्छन्, "मेरो औपचारिक शैक्षिक डिग्री सात कक्षा मात्रै हो, त्यैपनि सर्टिफिकेट छैन" । त्यसो भए उनले किन आˆनो सात कक्षे शैक्षिक डिग्रीको प्रचार चाहे त ? "पाच/सात कक्षा मात्र पढ्न पाएका वा त्यो पनि नपाएका नेपालीको संख्या करोडौँ छ । उनीहरूलाई पनि हाम्रो संघर्षले प्रेरणा मिलोस् भनेर" स्पष्टीकरणको शैलीमा किराँतीले भने । शैक्षिक डिग्री नहुँदा वा कम हुँदा मानिसहरूमा ग्लानी र लघुताभाषले डेरा जमाउने उनको धारणा छ । विज्ञान र जनदिशालाई अख्तियार गर्न सकेमा धेरै असम्भव सम्भव पार्न सकिने उनको आत्मविश्वास छ ।औपचारिक शैक्षिक योग्यता कम भए पनि मन्त्री किराँतीको स्वाध्ययन भने निक्कै उच्च छ । औपचारिक पढाईको भोकले होला किराँतीले 'ढाकरका ढाकर' किताब पढेका छन् । संख्यै गन्ने हो भने पुगे होलान् तीनहजार, पैतीस सय । भारी लगाउने हो भने हुँदा हुन् दश ढाकर । विधामा उपन्यास र विषयवस्तुमा संघर्ष किराँतीका राजाई हुन् । कस्तो किताब मनपर्छ छ उनलाई ? 'होण्डुरसका महिलाको हृदयको आवाज' जस्ता । खााट्टी राईबस्तीमा जन्मेहुर्केका किराँतीले खस -नेपाली) बोल्नुमा पनि तिनै उपन्यासको देन छ रे ।नेकपा -माओवादी) का केन्द्रीय सदस्य किराँतीले माओवादी प्रवेशपछि भने पूरै किताब छिचोल्ने मौका पाएका छैनन् रे । "माओवादीको सदस्य हुनु अगि असाध्यै पढ्थेा । सङ्गठन पनि सानो थियो, काम पनि थोरै" - किराँती भन्छन् । २०६३ मा माओवादी शान्तिप्रक्रियामा आएपछि भने उनले तीनवटा उपन्यास पढ्न भ्याए रे ।कडा प्रकाश हेर्न नहुने समस्याले उनी टेलिभिजन हेर्दैनन् । रेडियो सुनेर अपडेट हुने बानी पारेका किराँती बीबीसी, नेपाली सेवा र रेडियो नेपालको समाचार हत्पति छुटाउँदैनन । पत्रपत्रिका सर्सती पढ्ने उनी मूल्याङ्कन मासिकको भने विज्ञापन पनि छुटाउँदैनन रे । पढ्न नपाए पनि तिथिमिति सम्झने मामिलामा भने उनी पार्टीमै गनिन्छन् । भन्छन् - आत्मरति जस्तो हुनसक्छ, पार्टीमा कामरेडहरूले तिथिमिति सम्झनेमा मेरो नाम लिने गर्नुहुन्थ्यो ।के त्यसो भए औपचारिक शिक्षा नहुँदा किराँतीलाई अˆठेरो परेको छ त ? "औपचारिक डिग्री नहुँदा 'लाइफ स्ट्याण्डर्ड' एउटा सेटमा नहुँदो रहेछ । औपचारिक डिग्रीले जीवनशैलीलाई शहरिया दुनियाामा सेट गरेको हुन्छ" किराँतीको भोगाइ छ । माओवादी कार्यकर्ताले विगतमा बुर्जुवा शिक्षा बहिस्कारका नारामा पाठशालाहरू बन्द गराएका थिए । तर किराँती भनाइ अलि बेग्लै छ - 'औपचारिक शिक्षा लिनुपर्छ तर त्यस्तो शिक्षा अरूलाई सताउन प्रयोग गरियो भने म त्यस्तो शिक्षालाई मुर्दावाद भन्छु' ।अˆठेरोको जवाफ यतिमै पूर्ण हुँदैन । नपढी राजनीतिमा लाग्दा बिगतमा हेपेर भित्तामै पुर्‍याइन्थ्यो किराँतीलाई । भोजपुर, खोटाङमा १३ वर्ष किरात स्वायत्त प्रदेश बनाउन होमिँदा धेरै किराती बुद्धिजीवीसित उनको बहस भयो । विश्वविद्यालयको ढोका टेकेका र देखेका एमाले/कााग्रेसका बुद्धिजीवी भनाउँदाले किराँतीलाई सुझाव दिन्थे रे - 'आइए/बीएसम्म पढेको भए गरि खान्थिस् होला ता मूला पााच/छ कक्षा पढेको नाथे, बरू विदेश गएर पैसा कमा, होइन भने केही गरेर बीएसम्म पढ् ।' के ती सर्टिफिकेटधारी बुद्धिजीवीको अर्ती मानेको भए गोपाल किराँती आज मन्त्री बन्थे ? 'काग कराउँदै गर्छ पिना सुक्दै गर्छ' जस्तैगरी उनले 'जानेको कुरा त गर्न पाइन्छ नि हैन Û' भन्दै राजनीति छाडेनन् । प्रतिवादमा उनले भन्ने गर्थे - 'एमए/पीएचडी गरेकाले लेख्ने 'क' पनि उही हो, मैले लेख्ने पनि उही हो । यति हो धेरै पढ्नेले राम्रो -कलात्मक) लेख्लान्, तर मैले पनि त बुझनिे त लेख्छु नि Û'संस्कृति संरक्षणको जिम्मा सम्हालेका यी मन्त्रीको किराँती संस्कृतिसँगलपक्कै गाासिएको रक्सिसँगकस्तो सम्बन्ध छ - जान्न मन लाग्यो । 'म रक्सि पिउँछुु' उनले कुराकानीलाई प्रकाशनयोग्य बनाइदिए । मन्त्री भएपछि धेरै जााड, रक्सि, वियर उपहारस्वरुप आएको उनले बताए । तर टाइफाइडले सताउँदा पिउन नपाएको धेरै समय भएको उनले थपे । 'पार्टीमा नेताहरूले लुकी-लुकी रक्सि पिउने चर्चा हुन्थ्यो । म त्यस्तो प्रवृत्तिको विरोधी थिएँ । तर मैले युद्धकालमा फर्मेसनमा कहिल्यै पिइनँ" किराँतीले प्रष्ट पारे ।त्यसो त लुकीछिपि रक्सि पिउने प्रवृत्ति विरुद्ध धाबा बोल्न नै उनलाई मन लागेको थियो रे । त्यस्तो प्रवृत्तिको भण्डाफोर गर्न उनले लेखै लेख्ने योजना बनाएका रहेछन् - कमरेडहरू म रक्सि पिउँछुु शीर्षकमा । एक/दुई जनासित सल्लाह गर्दा 'त्यस्तो नगर्नु' भन्ने सुझाव पाएपछि पनि उनले लेख लेखी छाड्ने निश्चय गरेका थिए रे । 'तर त्यहीबेला अध्यक्ष प्रचण्डले दुई पेगको 'ओपिनियन' दिनुभयो, त्यसपछि मैले लेख लेखिरहनै परेन' भ्रूणहत्यामा परेको लेखको बारेमा किराँतीले भन्नुभयो ।पितृदेखि नै रक्सिको सङ्गत गरेकाले होला, कुरा यत्तिमा सिद्धिँदैन । २०५८ तिर पार्टीमा बहस चल्यो - रक्सि नियन्त्रण कि निषेध विषयमा ? किराँती नियन्त्रणको पक्षमा हुनुहुन्थ्यो भने तत्कालीन केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठ निषेधको पक्षमा । बहस बढ्दै भनाभनमा ओर्लियो । "रवीन्द्रजीले मलाई 'तपाईले रक्सि पिउनुहुँदो रहेछ' भन्नुभयो, मैले 'हो, म पिउँछुु' भनेँ । उहाँले 'कम्युनिष्ट पार्टीको सदस्यले रक्सि पिउने' भनेर अनुशासनको कुरा झक्िनुभयो । मैले 'कारबाही गर्नुस्' भनेँ । 'रक्सि निषेध गरियो भने जनजातिसित लडाई हुन्छ, मैले उनीहरूको बीचमा कसरी काम गर्ने ?' प्रश्न गरेँ । पछि विवाद तत्कालीन क्रान्तिकारी जनपरिषद्का संयोजक डा. बाबुराम भट्टराईसम्म पुग्यो । डा. भट्टराईले 'गोपालजी ठीक हुनुहुन्छ, रक्सि नियन्त्रण नै माक्र्सवादसम्मत हो' भन्नुभयो" किराँती संस्कृति अङ्गाल्दाको नोकझोकको बेलीविस्तार उनले लगाए ।त्यसो भए किराँतीले कति खान्छन् त रक्सि ? "मैले खान खोज्ने त ठीकै हो तर पाहुना जाँदा नियन्त्रित हुन गाह्रो"- आˆनो 'डोज'को जानकारी र बाध्यता दुवै एकैपटक आयो । केही गरी नियन्त्रणभन्दा बाहिर भइहालेमा अपनाउने उनको सुत्र पनि छ उनको । 'पिएपछि सुतिहाल्ने । सुत्ने मेसो मिलेन भने नबोल्ने, स्रोतामात्र बन्ने' ।मन्त्रालय र पार्टी बाहेकका सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री किराँतीको तन्दुरुस्तीको राज पनि अनौठै रहेछ । अरू कपालभाँती, जीम, योगा गर्छन् तर उनी भने तन्दुरुस्तीका लागि गाउँमा हिँड्छन् रे । "काठमाडौँमा सिकिस्त परे पनि ताप्लेजुङ, भोजपुरमा पुगेर हिँड्न थालेपछि 'पmेस' हुन्छु" तन्दुरुस्तीको रहस्यमयी पोको खोल्दै किराँतीले भने । "तर मन्त्री भएपछि गाउँमा हिँड्न नपाएर हैरान छु" किराँतीले दुखेसो पनि पोखे ।शुरुमा अलग्गै सशस्त्र संघर्ष थालेका किराँतीले त्यसअगि काठमाडौामा तीन महिना बक्सिङ सिकेका थिए रे । धेरै वर्ष सशस्त्र संघर्षमा बिताए पनि उनले अहिलेसम्म दुईपटक मात्र बन्दूक पड्काएका छन् रे । त्यो पनि भीडन्तमा होइन । "२०५३ सालमा म भूमिगत नभएकै बेला मोरङको एउटा घरमा गएको थिएँ । त्यहाँ बँदेलले बाली खाएर दुःख दिँदो रहेछ । पहिलोपल्ट त्यहीँ बँदेल धपाउन भरुवा बन्दूक पड्काएँ । पछि २०५५ सालमा 'ट्रायल' का लागि तीन राउण्ड रिवल्वर पडकाएँ" किराँतीले फेहरिस्त सुनाए ।संविधानसभा सदस्य पदलाई असाध्यै सेरेमोनियल ठान्ने किराँतीले मन्त्री पदलाई भने त्यसको ठीकविपरीत 'असाध्यै चाप र ब्यस्त' पाउनुभयो । 'मन्त्री भएपछि नियमिततामा गम्भीर उतारचढावको सामना गर्नुपरिरहेको' किराँतीको दुई महिने अनुभव छ । मन्त्री बनेपछि उनको मनमा कविताको एउटा शीर्षक फुरेको छ । 'प्रक्रियाहरूको हजार जटिलता' । "यो शीर्षकमा कवितै लेख्नुपर्छ भन्ने ठानिरहेको छु" किराँतीले भने ।मन्त्री पदको ब्यस्तताबाट यदि उनले एक दिनका लागि फुर्सद पाए भने के गर्लान् ? "कमरेड किरणसित दर्शनबारे छलफल गर्छु । बादल कमरेडसित अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अन्तरविरोधबारे कुरा गर्छु । बैरागी काइँलासित साहित्य र कविता बारेमा छलफल गर्छु" किराँतीको एकदिनको योजना यतिमै सकिँदैन । उनले थपे "धर्ममा आस्था राख्ने पण्डित, गुरुहरूसित छलफल गर्न चाहन्छु यदि उनीहरूसित दिनभरि नै छलफल गर्न पाएँ भने उनीहरूलाई 'अहिलेको दुनियाँमा अध्यात्मवाद भौतिकवादको घेराबन्दीमा परिसकेको छ । भौतिकवादको अभावमा अध्यात्मवाद टिक्न सक्दैन । त्यसैले भौतिकवादको सेवामा अध्यात्मवादलाई प्रयोग गर्नुहोस्' भनेर आश्वस्त पार्ने छु " ।उनलाई मात्र एक दिन फुर्सद मिलेर भएन क्यारे । अरूलाई पनि त फुर्सद हुनुपर्‍यो नि . त्यतिबेला चाहिँ के हुँदो हो "कोही पनि भेटिएनन् भने आराम गरेर दिन बिताउने छु ।"