Wednesday, August 4, 2010

गहना पहिचान साथै इतिहास पनि !

राजेश चाम्लिङ राई
मानिस सौन्दर्य प्रेमी प्राणी हो । प्रत्येक मान्छेलाई सुन्दरता मन पर्छ । त्यसैले सबै जना सुन्दर हुन प्रयत्न गर्छन् । सुन्दता के हो भन्नेबारे समाजशास्त्री तथा दार्शनिकहरूबीच मतभिन्नता रहेको छ । कसैले शरीरको भौतिक सुन्दरतालाई प्राथमिकता दिन्छन् त कसैले बैचारिक सुन्दरतालाई । यद्यपि झट्ट हेर्दा पहिलोपटक जसको पनि आँखामा मानिसको बाहिरी आवरणमा नै जान्छ । मानिसको बाहिरी सुन्दरतालाई उजिल्याउनेका पहिरनले गर्दछ । त्यसमा गहनाको पनि अहम भूमिका हुन्छ ।
गहनाले मानिसको सौन्दर्य मात्र बढाउँदैन पहिचान, परम्परा र इतिहाससमेत बताउँछ । भौगोलिक अवस्थिति र साँस्कृतिक मान्यताअनुसार फरक फरक गहनाको प्रयोग हुनलाई यसैको उपज मान्न सकिन्छ । समाजशास्तत्रका प्राध्यापक डम्बर चेम्जोङ्ग गहना मुख्यत मान्छेको शारीरिक सौन्दर्य बढाउन प्रयोग गरिने भए पनि यसलाई समाज वा समूहमा 'आˆनो हैसियत बोल्न' र 'छुट्टै पहिचाहन देखाउन' पनि प्रयोग हुँदै आएको धारणा राख्नुहुन्छ ।
साँस्कृतिक विविधतायुक्त विश्वका मुलुकहरूमध्ये एक नेपालभित्रै पनि यो विविधता पाइन्छ । किरात राई समुदाय तिनै विविधता भित्रका एक हुन् । उनीहरूको मुख्य बसोबास पूर्वी पहाडी क्षेत्रमा रहेको छ । त्यसो त बढ्दो भू-मण्डलिकरण सँगै विश्वभर फैलिरहेको 'आधुनिक हुनु वा सभ्य र विकसित हुनु भनेको पश्चिमी -यूरोपीयन) जीवन शैली अपनाउनु हो' भन्ने एकाहोरो प्रचारले देशका अन्य जातीय समुदायलाई झै यो समुदायलाई पनि गँाजिरहेको छ । त्यसैले देशका पाँच दर्जन आदिवासी जनजातिहरूमध्येको एक राई समुदायले पनि आधुनिकता अंगाल्ने क्रममा आˆनो मौलिक गरगहनाहरू लगाउन करिब करिब छाडिसकेका छन् । यद्यपि आधुनिकताको हावाले छोइनसकेका गाउँका कुनाकाप्चातिर अझै पनि परम्परागत पहिरन र गहना लाउनेहरू प्रशस्तै भेटिन्छन् । साथै जति सुकै 'हि-पप' भए पनि आˆनो सबभन्दा ठूलो चाड 'साकेला' को अवसरमा भने प्राय सबैले मौलिक गरगहना र पोसाक लागाउने गर्छन् ।
परम्परागत पहिरन लोप हुँदै गएपछि चिन्तित भएर ललितपुरको तिखेदेवलमा घरेलु कारखाना खोलेर राई समु्दायको पोसाकहरू उत्पादन गर्दै आउनुभएको लीला राईले सामान्य दिनहरूभन्दा वर्षमा दुई पटक मनाइने साकेलाको अवसरमा पहिरनको बिक्री निक्कै पढ्ने बताउनुभयो । अचेल विवाह तथा छोराको छेवर र छोरीको गुन्यूचोली दिँदा पनि राई समुदायले परम्परागत पहिरन प्रयोग गर्न थालेको बताउँदै उहाँले साकेला आउने समयमा हङकङ, लण्डन र अमेरिकामा रहेकाले समेत सामाग्री मगाउने गरेको जानकारी दिनुभयो । व्यवसायिक रूपमा ठूलो मात्रामा बिक्री वितरण नभए पनि आˆनो पहिरनप्रति राई समुदायले देखाएको चासो हेर्दा यसको विक्रिले विस्तारै बजार लिने लीलाले विश्वास ब्यक्त गर्नुभयो ।
विश्वका जुनसुकै समुदायभित्र पनि विशेषगरी महिलाहरूसँग सम्बन्धित गहनाहरू धरै पाईने गरे झैँ राई समुदायभित्र पनि पुरुषको तुलनामा महिलाहरूले लगाउने गहनाको सङ्ख्या धेरै छ । राई महिलाहरूको लागि कानमा लगाउने रस्कुली, अन्ती, नाकमा लगाउने ढुङ्ग्री, मुन्द्री, टाउकोमा लगाउने तोलमा, शीरफूल तथा शीरबन्दीका साथै गलामा लगाउने प्वाँलोको माला, जन्तर तथा कम्पनी हारी विशेष गहना हुन् । भने नाडीमा चाँदिको काँडे चुरा तथा खुट्टामा कल्ली पनि लगाउने गर्दछन् । यसबाहेक चौवन्दीको तुनामा चुर्चुङ र विनायोसँगै झुण्ड्याईने चम्फा -एक किसिमको फूल) भने महिला पुरुष दुवैको साझा गहना हो । प्राय महिलाहरूले सँधैभरि कम्मरमा भिर्ने खुरुम्बी -हँसिया) र पुरुषको लागि खुकुरीलाई पनि गहना कै रुपमा लिने गरिन्छ । यी मध्ये प्वाँलोको माला, चम्फा तथा विनायो र मुर्चुङ्गा गाऊँघरतिर प्राय हरेक समय लगाउने गरिन्छ । बाँकी गहना भने 'साकेला' चाडलगायतका विषेश अवसरमा लगाउने गरिन्छ । 'चम्फा' किरातीहरूले आदिम पूर्खा मान्ने पारुहाङ र सुम्निमाबीच पहिलो पटक भेट हुँदा आदान प्रदान गरिएको फूल भएको विश्वास गरिन्छ । एक मिथकका अनुसार अत्यन्तै कुरुप पुरुषको रूप धारण गरेका पारुहाङले अति सुन्दर सुम्निमालाई फकाउन यहि फूल दिएका थिए रे Û पहाडतिर साँच्चिकै फूल नै पाईने भए पनि सँधैभरि फूल सिउरिन सम्भव नभएकोले रातो रङ्गको उनबाट बनेको 'चम्फा' महिला र पुरुष दुवैले छातीमा भिर्ने गरिन्छ । यो समुदायमा कुनै विशेष अवसरमा कुन गहना लाउने भन्ने परम्परा छैन । प्रायः सबैले गहना जुनसुकै बेला पनि लगाइरहेको पाइन्छ ।
'गहनाको अवधारणा' समाज र शरिरलाई अरुभन्दा पृथक र सुन्दर बनाउने क्रममा रुपान्तरित हुँदै आएको चेम्जोङ बताउनुहुन्छ । नेपालका आदिवासी जनजातिहरू मध्ये राई र लिम्बु समुदायमा भने 'गोरखा भर्ति' अभियानसँगै धातुको गहनाको अवधारणाले नयाँ रूप लिएको अनुमान छ । देशमा धातु खानीहरू नभएको अवस्थामा अन्य प्रकारका गहनाहरू प्रयोग गर्दै आएका यी समुदायले भर्तिबाट फर्किएर आउनेहरूले ल्याएको चाँदिको पैसा तथा सुनलाई कलात्मक ढङ्गले प्रयोग गर्न थालेको चेम्जोङको अनुमान छ । उहाँ गहनाको प्रयोगलाई समाजको सौन्दर्य वा कला चेतनाको उपज पनि भएको धारणा राख्नुहुन्छ । कल्ली राई समुदायले मात्र नभई लिम्बु तथा थारुहरूले पनि लगाउने भएको हुँदा इतिहासमा कुनै समय यी समुदाय एकै समूहमा थिए कि भन्ने अनुमानसमेत गर्न सकिने उहाँको तर्क छ ।
किरात राई साँस्कृतिक कलाकार सङ्घका अध्यक्ष जितेन राई गहना सुन्दरता र प्रकृतिसँग जोडिएको बताउनुहुन्छ । सामान्यत प्रकृतिक रुपमा पोथीभन्दा भाले जाति सुन्दर हुने भएकोले पुरुषको तुलनामा महिलाहरूको लागि गहना बढि आवश्यक भएको धारणा राख्नुहुन्छ । यो कुरा भाले र पोथी चरालाई हेर्दा दावी गर्न सकिने बताउँदै उहाँ यहि भएर पोथी मयुरको तुलनामा भाले मयुर तथा अन्य विभिन्न चराहरूको पनि भाले नै सुन्दर देखिने तर्क गर्नुहुन्छ ।
समाजशास्त्रीहरू गहनाको आविस्कार मानिसहरूले पाशविक ढुङ्गे युगबाट फलाम प्रयोग गर्ने युगमा प्रवेश गरेपछि भएको धारणा राख्छन् । समाजशास्त्रका शिक्षक प्रकाश राईका अनुसार मानिसहरूको कविलाई समूह सानोबाट क्रमश ठूलो हुँदै गएपछि अर्को समूहका सदस्यबाट आˆनो समूहका सदस्य सजिलै चिन्न सकियोस भनेर विशेष चिन्ह लगाउने क्रममा विकसित भएर गहनाको रूप लिएको हो । आजभोलि पनि भिडभाड हुने विशेष चाड तथा अवसरको बेला गहना लगाउने तथ्यलाई जोड्दै प्रकाश यो समूहमा आफूलाई छुट्टै देखाउनको लागि नै भएको तर्क गर्नुहुन्छ ।
विश्व चर्चित महिलावादी लेखिका तसलीमा नसरीनका लागि महिलाले लगाउने प्रत्येक गहना पुरुषले शोषण गर्न आविस्कार गरेका हुन् । आˆनो चर्चित पुस्तक 'आइमाइको हकमा'मा उनले लेखेका छन्-'घरभित्र महिलाहरू कहाँ, कोसँग, के गरिरहेका छन् भनेर निगरानी राख्न प्रत्येक पाइलामा आवाज आउने पाउजुको आविस्कार गरिएको हो । आवश्यक पर्दा भाग्न नसकोस भनेर महिलाले लाउने चप्पलको हिल अग्लो बनाइएको हुन्छ .......आदि' नसरिनको विश्लेषण जस्तोसुकै भए पनि विश्वभरका मानिसहरूले गहना लाउने प्रचलनमा कमि आएको छैन । यूरोप होस या एशिया, अष्ट्रेलिया होस या अपिmका बसै ठाउँका मानिसहरूले आ-आˆनो परम्परा, सँस्कृति र मान्यता अुसार विभिन्न किसिमका गहना लगाइरहेकै छन् ।

No comments:

Post a Comment