-राजेश चाम्लिड
हुरीवताससँग पौठाजोरी खेल्दै
झोर जंगल चहारिन कि हिमपात सहि न !
साउने भेलमा हाम फलिन कि झरी वर्षात झेलिन !
अरु त सामान्य
दुश्मनको अगािड
छाँती फुलाएर गोली थापिन कि रगतले भीर पाखा पोतिन!
क्रान्तिको लागि मैले के गरिनँ !
सुनाखरी जस्तो थियो जोवन
आगाको भुड्ग्रोभित्र झोँसे
मृत्यु जस्तो थियो दुश्मन
उसको राईफल खोसेँ
भन कमरेड !
जिन्दगी दाऊमा राखेर
मध्यरातमा पर्चा छरिन कि पोस्टर टाँसिन !
तर पनि मैले क्रान्तिको ठेक्का किन पाईन हँ
यो परिवर्तनको ठेक्का किन पाईन !
किन?
किन मिस्मिन आईरहेका छन् वस्तुगत परिस्थितिका विश्लेषकहरु
यो क्रान्तिकारी हुलमा
किन झुम्मिन थालेका हुन् सडक किनारामा नारा मात्र लाउने कायरहरु
यो परिवर्तनको फूलमा
यो परिवर्तन यो क्रान्ति
यो बलिदान यो उपलब्धि
यी सबै सबैमा त मेरो रगतको मात्र दाग हुनुपर्ने होइन र
तर, कमरेड
परिवर्तन एउटा चक्र हो जो बलिदानी मुटुभित्रमात्र घुम्दैन
क्रान्ति एउटा परिस्थिति हो जो बलिदानी टेण्डरले मात्र खरिद्न सिकंदैन
हो कमरेड
क्रान्ति एउटा समपर्ण हो
जो निजी बनाउन लिडंदैन
क्रान्ति सार्वजानिक सम्पती हो
जसको लालपूर्जा कसैसँग हुँदैन
तिमी बन्दुक बोकेर लड या हलो जोतेर
तिमी रगत पोखेर किन या बुद्धि बेचेर
क्रान्तिको सार्भभौम नियम हो
सफल हुनासाथ त्यो सामुहिक भइसक्छ ।
तिमी मात्र एउटा योद्धा हुनसक्छौ !
2067/08/24
Friday, December 10, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment