कथा । राजेश चाम्लिङ
‘आखिर मैले के पाएँ रु’
कमरेड अनामले फेरि आफैंसँग प्रश्न गर्यो । तर उत्तर उही शून्य । हो, साँच्चि नै उनले आखिर केही पनि त पाएका छैनन् ।
काठमाडौंको कुनै एक छिँडीमा बसेर उनले यो प्रश्नको उत्तर खोजेको तीन दिन भइसकेको थियो । तीन दिन यता उनको मोबाइल अफ् थियो । घरपरिवारदेखि नेताकार्यकर्ता कसैसँग सम्पर्क थिएन । भनौं, भएभरका सबै सम्पर्क छुटाएर उनी यही प्रश्नको उत्तर खोजिरहेका थिए– आखिर मैले के पाएँ?
तीन दिनका बीचमा न त उनी कोठाबाट बाहिर निस्किएका थिए, न त कसैलाई भेट नै । रमाइलो पक्ष त के भने पार्टीको जिम्मेवार तहमा पुगेका कमरेड अनामलाई ती तीन दिनमा भेट्न कुनै कार्यकर्ता पनि आएका थिएनन् । सायद फोनमा सम्पर्क भएपछि समय लिएर मात्र आउने कार्यकर्ताको बानी भएकोले हुनसक्छ, निरन्तर उनको फोन अफ् भएपछि कार्यकर्ताले पनि कुनै काममा ‘बिजी’ होला भन्ने सोचे होलान् ।
कमरेड ‘अनाम’ भने निरन्तर यही प्रश्नको उत्तर खोजाइमा थिए– तिनीहरुकै लागि भनेर त्यत्रो युद्ध लडिदिएँ, जातीय मुक्तिको लागि भनेर हतियार उठाएँ, मन्त्री भएर पनि एक पैसो आफ्नो लागि जोडजाम गरिनँ । सारा परिवार र व्यक्तिगत सुविधा छाडेर युद्धमा होमिएँ, आखिर मैले के पाएँ रु ।।। ।।। ।।। कमरेड अनामको वास्तविक नाम ‘विष्णुप्रसाद शर्मा’ हो । पूर्वी पहाडको एक विकट जिल्लामा हुर्किएका शर्माले बाल्यकालमै कम्युनिस्ट राजनीतिबारे जानकारी पाएका थिए । पञ्चायतकालको जगजगी भएको बेला भर्खरभर्खर गाउँमा खुलेको विद्यालयमा पढाउन आइपुगेका शिक्षक जयकुमार राई उनको प्रेरणाको ठूला स्रोत थिए ।
खाँटी किराती बस्तीमा हुर्किएका विष्णु नामले मात्र शर्मा थिए । उनको रहनसहन उठ्बस सबै किराती जस्तै थियो । बाल्यकालदेखि नै किराती साथीहरुसँग उठबस भएकोले होला सायद उनी प्रष्टसँग किराती चाम्लिङ भाषामा बोलचाल गर्थे । तर एउटा फरक के थियो भने, किरातीका बालबच्चा सानैदेखि एक डबकामा ‘वासिम्’ स्वाट्टै पार्थे । उनी त्यो वासिम भनिने जाँड खाँदैन थिए ।
गाउँ डुल्न जाँदा एक दिन विद्यालयमा आएका शिक्षक राईले जाँड नखाएको देखेर उनी अचम्ममा परे । पछि त ती शिक्षकले गाउँमा जाँडविरोधी अभियान नै चलाए । शिक्षक राई वर्गीय र जातीय मुक्तिको कुरा गर्थे । ‘हामी पछि पर्नुको कारण यो पनि हो’, स्थानीय किराती बस्तिमा प्रशिक्षणात्मक उपदेश दिँदै राई भन्थे, ‘हाम्रा पुर्खाहरुले पहिले यो देशमा राज गरेका थिए । बाहुनहरुको धुत्र्याइँ अनि खानपिन, मोजमस्तिमा रम्ने, वैज्ञानिक आविष्कार र नयाँ खोजमा चासो नराख्ने स्वभावकै कारण अहिले हामी शासित हुनुपरेको छ ।’
‘होइन, यिनी किराती राई नै हुन् त रु’ गाउँघरमा देखिरहेका छिमेकी राईभन्दा विलकुल फरक खालको शिक्षकलाई देख्दा उनी छक्क पर्थे, ‘कि विद्यार्थीको अगाडि धक मानेर जाँड नखाएको हो रु राई पनि यति बाठो हुन्छन् र रु’ जे होस् शिक्षकको स्वभावप्रति उनी नतमस्तक भए । शिक्षक रहेछन् कम्युनिस्ट । उनको यस्तै असल गुणबाट प्रभावित भएर शर्मा पनि बाल्यकालमै सदस्यता नलिएको कम्युनिष्ट बने । ।।। ।।। ।।। विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरुमध्ये उनको पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गर्यो । पढाइ पूरा नगरी नै उनले विद्यालय छाडे । पार्टीमा जोडिएको केही समयपछि नै उनी पूर्वकालाई पश्चिम, पश्चिमकालाई पूर्व खटाउने पार्टीको नीति बन्यो । उनी पश्चिम खटिए ।
युद्ध आफैमा निर्मम र भयानक हुन्छ । यो थाहा पाएरै उनी त्यो संग्राममा सामेल भए । मरिएला कि १ खान नपाइएला कि १ पक्राउ परेर बर्बर यातना खेप्नुपर्ला कि १ भन्ने कुनै चिन्ता उसको मनमा कहिल्यै आएन । किनकि, चिनियाँ लेखक याङ् मोको उपन्यास ‘युवाहरुको गीत’, भियतनामी क्रान्तिको कथा ‘अजम्बरी गाउँ’, रुसी लेखक निकोलाई अस्त्रोभस्कीको ‘अग्निदीक्षा’ सबका सब उनले पढेका थिए । उनी आफूलाई ती पुस्तकहरुका नायकझैं जस्तोसुकै यातनाको दलदलमा, जस्तोसुकै अभावको आहालमा डुबुल्की मार्न तयार भएर नै युद्धमा होमिएका थिए ।
लडाइँको क्रममा कहिले शाही सेनासँग लुकिछिपी हिंड्नुपर्दा, कहिले रुखको टोड्कामा जमेको पानीले तिर्खा मेटाएर त कहिले सात दिनसम्म पानी मात्र खाएर पनि बसेकै हुन् । कतिपटक आफूनजिकै पड्किने बमको छर्राले पनि भेट्यो । मृत्युको मुखमा पुगेर फर्किएका यस्ता अनगिन्ति कथाहरु उनीसँग थिए । तर त्यो बेला उनले कहिल्यै सोचेनन्, सायद सोच्ने फुर्सद नै भएन कि ‘मैले के पाउँछु’ भनेर । फगत उनलाई यति थाहा थियो– ‘आम नेपालीहरु उत्पीडनको चरम मारमा छन् । जीवन र जगतबारे धेरै कुरा बुझिसकेको मजस्तो मानिसले उनीहरुलाई उत्पीडनको दलदलबाट बाहिर निकाल्नुपर्छ । त्यो नै मेरो पनि मुक्ति हो । अर्थात् मैले हिंडेको बाटो आम नेपाली समाज र सारा विश्वको, मानव समाजको मुक्तिको बाटो हो । मुक्ति नै मेरो सम्पूर्ण प्राप्ति हो ।’ ।।। ।।। ।।। युद्धले गति लियो । १० वर्षपछि विजयको नजिक नजिक पुग्न लागेपछि ‘लडाइँबाट जित्न नसकेको उपलब्धी वार्ताबाट लिने’ भन्दै नेतृत्वले शान्ति सम्झौतामा हस्ताक्षर गरे । पार्टी सरकारमा जाने भयो । उनलाई मन्त्रीको प्रस्ताव आयो । ‘अहँ, अहिले नै मन्त्री किन खाने १’ उनले अस्वीकार गरे । मनमनै सोचे ‘लडाइँ जारी नै छ, जितेपछि पालो आइहाल्छ ।’
वार्ताकै क्रममा पार्टीले संविधानसभाको चुनावमा भाग लिने भयो ।
‘कमरेडहरु हामी युद्धको अर्को मोर्चामा छौं, मुखमा चुनाव मनमा विद्रोह बोकेर मैदानमा उत्रने’ शीर्ष नेताहरुले यसरी नै सर्कुलर जारी गरे । चुनाव जितेर संविधान बनाउनेभन्दा पनि चुनावलाई निहुँ बनाएर विद्रोहमा उत्रने सोच बनाएको पार्टीले अप्रत्याशित बहुमत प्राप्त गर्यो ।
ठूलो पार्टी बनेपछि नेताहरुको बासस्थानमा सबका सब ठूला मान्छेहरुको ताँती लाग्न थाल्यो । नेताहरुले जे चाहिन्छ, त्यो एक कल फोनको भरमा अझ भनौं भन्नै नपर्नेगरी प्राप्त गर्न थाले । कर्मचारी भन्यो कर्मचारी, प्रहरी भन्यो प्रहरी, नेता भन्यो नेता सब आफूले भनेको मान्ने भएपछि नेताहरुले सोचे, ‘अब त सबै नेपाली जनता हाम्रै भइसकेछन् । अब बुलेटबाट होइन ब्यालेटबाटै हामीले खोजेको मुक्ति प्राप्त गर्ने हो ।’
तर नेताले जे भन्यो त्यो सही सावित हुँदै आएको र जे बोल्यो त्यो सत्य हो भन्ने बुझ्दै आएको शर्मा जस्तो तेस्रो तहको नेतालाई नेतृत्वको यो मनोविज्ञान बुझ्न गाह्रो भयो ।
पद्धति र प्रक्रिया उही, व्यवस्था र नीति उही अपनाइएको ब्यालेटको राजनीति उनको सैद्धान्तिक मान्यतासँग कुनै तादाम्यता राख्दैन थियो । उनीहरुलाई केही समय त्यही व्यक्तिगत सुखसुविधामा फसाएर मूलबाटोबाट गोरेटोतिर डो¥याउन थालेको पत्तै भएन । मुख्य कुरा त हिजो हजारौं, लाखौं कार्यकर्तालाई अन्ततः सबै सम्बन्ध र चीज वर्गीय हुन्छ भन्दै प्रशिक्षण दिने नेताहरुले आफ्नो सम्बन्ध पनि वर्गीय बनाउनुपर्छ भन्ने नै बिर्सिए । अनि लागे सबै त्यही मीठो धुन बजाउने पाइप पाइपरको पछाडि मुसाहरु लागेझैं, जसको पछि लागेर उहिले नै हेमलिनका मुसाहरुले नदीमा आत्महत्या गरिसकेका थिए । ।।। ।।। ।।। नदीमा ती आत्महत्या गर्न लागेका मुसाहरुझैं नेतृत्व भड्खालोमा पस्ने निश्चित भएपछि अर्को चुनावको नाटक गरियो । पार्टी पहिलोबाट तेस्रोमा झर्यो । अनि बल्ल कमरेड शर्मा झसङ्ग भए । चुनावमा हारेसँगै हिजो चारतिरबाट घेरीहिंड्ने ‘ठूला मान्छेहरु’, सहयोग ओइर्याइदिने कर्मचारी सब टाढा भए । पार्टीले उठाउँदै आएको मुद्दा त ओझेलमा पर्यो पर्यो, कोठाभाडाको समस्या कसरी हल गर्ने चिन्ता त्यता थपिन थाल्यो ।
अनि कमरेड शर्माले सोच्न थाले– ‘होइन, हिजो सब त्यागेर तिनै हेपिएका, कमजोर र निमुखाहरुको लागि लडियो, अहिले तिनैले भोट दिएनन् । जनजातिलाई अधिकारसम्पन्न बनाउन भनेर लागियो भोट जति सालेहरुले एक कप रक्सीमा बेचिदिए । दलितको लागि भनेर लडियो, भोट चाहिँ ५० रुपैयाँमा अर्कैलाई ठोकिदिए । तिनका लागि भनेर त्यत्रो बदिलान गरियो तर तिनैलाई आखिर केही चाहिएको रहेन छ, अब किन तिनको लागि मरिहत्ते गर्नु । ल जा अब चाहिँ केही व्यक्तिगत जोरजामतिर लाग्नुपर्यो ।’
मनमा अनेक तर्कना खेलाउँदै उनले कमाउने बाटो सोचे तर सब बाटो बन्द १ अनि पो कमरेड शर्मा झन् झसङ्ग भए । उनीसँग न त कमाउनका लागि शक्तिशाली पद थियो । न त लगानी गर्ने पैसा नै । उनी परे विलखबन्दमा अनि विगत तीन दिनदेखि मोबाइल अफ् गरेर सोचिरहेका थिए कि आखिर सब त्याग गरेर मैले के पाएँ र?
उनको मनमा हिजो जस्तै उत्तर आउनुपर्ने थियो– ‘न जनयुद्धमा म केही पाउँला भनेर होमिएको थिएँ । न त कमाउँला भनेर नै । न मसँग हिजो त्यत्रो सुखसुविधायुक्त जीवन थियो, न त आज नै । मैले त्यसबेला वास्तवमा खोजेको सारा नेपालीहरुलाई मुक्ति दिलाउने सपना हो, जो पूरा भएको छैन, हो मसँग अझै पनि त्यही सपना छ । त्यसैलाई पूरा गर्न अर्को शिराबाट आन्दोलन उठान गर्नुपर्ने भयो । नुपर्यो ।’
तर आउँदै आएन ।
अहँ, मोबाइल अफ् गर्नुभन्दा अघिल्लो दिनमात्र गुनासो पोख्न जाँदा शीर्ष नेताले तरकारी ल्याउन छुट्टै, श्रीमतीको लागि छुट्टै, छोराको छुट्टै गाडीको व्यवस्था गरेको देखेर फर्किएपछि उनमा त्यस्तो उत्तरले ठाउँ नै पाएन । अनि यसबेला उनी त्यही प्रश्नको उत्तर खोजिरहेका थिए । ।।। ।।। ।।। तीन दिनपछि उनी सदाझैं उठेर खाना पकाउन किचनतिर लागे । ‘अहो १ देशमा के भइरहेको छ हँ रु’ उनले तीन दिनदेखि केही समाचारसमेत सुनेका छैनन् । हतपत उनले एफएम सुन्न मोबाइल अन् गरे ।
‘टिङरिङ, टिङरिङ, टिङरिङ टिङ।।। ।।। ।।।’ निरन्तर मोबाइलमा एसएमसको घन्टी बजिरह्यो ।
एउटापछि अर्को हेर्न नपाउँदै म्यासेज बक्समा दर्जनौं म्यासेज आए । त्यसमध्ये अधिकांशमा लेखिएको थियो– ‘नेताज्यू १ होइन यस्तो माहोलमा हजुर कता गायब हो रु देशमा त जताततै आन्दोलनको आगो लाग्न थाल्यो त रु तपाईं सडकमा आएर नेतृत्व गर्नुपर्ने मान्छे कता बेपत्ता रु’

No comments:
Post a Comment