Thursday, November 5, 2009

संघर्षको पर्याय शुशिला आचार्य

सफलताको शिखर चुम्नु आगाडि प्रत्येक मान्छेले आफ्नै दुःख र सङ्र्धका कथाहरु बुनेका हुन्छन् । फरक यति हो कि बाँच्ने क्रममा भोगेका कति कष्टहरुले मीठो परिणाम ल्याउँछ र त्यो सार्वजानिक सम्पति बन्छ । आममान्छेको चासोको विषय बन्छ । कति दर्दहरु आममान्छे झै कसैले थाहा नपाई हराएर जान्छ । त्यो मात्र एक ब्यक्तिको दुखाई मात्र हुन्छ । सुशिला आचार्यको जीवनले अनुभव गरेका संधर्षका कथाहरु त्यस्तै उएटा माला हुन जो सार्वजानिक सम्पति बनेका छन् । ६२ वर्षको पारगरिरहँदा उनीसँग सम्झनाका लागि त्यस्ता कयौँ आपतकालिन दुःखका क्षणहरु छन् । तर जस्तोसुकै आपद आईलागे पनि कहिल्यै हरेश नखाएका/नखाने सुशिलालाई मृत्युको मुखमा पुगेको श्रीमान भजनशिरोमणि भक्तराज आचार्यलाई यतिाजेल सँगै राख्नसकेको तथा दुई छोरा सत्य र स्वरुपराजलाई नयाँ पुस्ताका स्थापित गायक बनाउन सकेकोमा आजभोलि ती क्षणहरु 'गौरवपूर्ण रुमानी सम्झना'मा परिणत भएझैँ लाग्छ । नेपाली सेनाका मेजर हेमजंग पाँडेका दुईमध्ये पुलपुलिएर हुर्किएकी कान्छी छोरी सुशिला कमाईको लागि त्यति आकर्षक नठानिने गायन क्षेत्रमा आफ्नो भाग्य खोजिरहेका केटोसँग बिहे गर्नु आफैँमा चुनौतीपूर्ण थियो । तथापि २०३२ सालमा भक्तराज आचार्यसँग उनको मागी बिहे भयो । जीवनयापनको लागि गर्नु पर्ने सामान्य दुःखबाहेक विवाह भएको केही समयसम्म जीवन राम्रैसँग चल्यो । रेडियो नेपालको जागिरे श्रीमान् सँधै रियाजमा ब्यस्त हुनुहुन्थ्यो । २०३३ सालमा जन्मिएको ठूलो छोरा सत्य र ३५ सालको स्वरुपलाई स्याहार्दै उनी घरका सबै काम भ्याउँथिन् । कृषि विभागका जागिर भ्याएर साँझ सातबजेतिर घर पुग्दा छोराहरु सुतिसकेका हुन्थे । रियाजमा ब्यस्त श्रीमानलाई कुनै बाधा नपुर् याइ उनी हतार हतार इनारबाट पानी ल्याएर खाना बनाएपछि दुवै छोरालाई पालैपालो उठाएर खाना खुवाउथिन् । एक किसिमले उनको जीवन आममहिलाको जस्तै थियो । तर २०४६ सालपछि त्यसमा परिवर्तन आयो । त्यो एक दुर्घट्ना थियो । संगीतकार गोपाल योाजनकोमा गीत रेकर्डिङ गराएर काचन पुडासैनि र पूर्णसिह नेपालीसँग घर फर्कँदै गर्दा स्वयम्भुमा एउटा अप्रत्याशित घट्ना भएको थियो । त्यो घट्नाको कारण टाउकोमा गहिरो चोट परेकोले भक्तराज नराम्ररी घाईते हुनुभयो । त्यसैको कारण २०५० सालमा उहाँलाई क्यान्सर भयो र फेदैबाट जिब्रो काट्न बाध्य हुनुपर् यो । त्यो क्षण सम्झँदा आजभोलि पनि नरमाइलो लाग्छ । उपचारको लागि भारतको अल इण्डिया मेडिकल इ_िन्स्टच्युटमा लगिएको करिब ६ महिना पछि उहाँको फेदैबाट जिब्रो काट्नुपर्ने अवस्था आयो । 'उपचारमा संलग्न डक्टर कक्कडले मलाई एक्लै बोलाएर जिब्रो काटेमात्र केहि बर्ष बाँच्नुहुन्छ । नत्र केही महिना मात्र भन्नुभयो । उहाँ म यही मर्छु । मलाई मर्न देऊ । तिमी जाऊ भन्नुहुन्थ्यो ।' सुशिला सम्झनुहुन्छ 'तर मैले मन दह्रो बनाएँ र डक्टरलाई जिब्रो काट्न सहमति दिएँ ।' असह्य पीडाले गर्दा उपचारबाट फर्किएपछि पनि श्रीमान् सँधै म आत्महत्या गर्छु भन्नुहुन्थ्यो । तर सुशिला सँधै उहाँलाई ढाडस दिनुहुन्थ्यो । सुशिला भन्नुहुन्छ 'तर म भइन्ज्जेल तपाईलाई केहि हुनदिन्न । सबै म सम्हाल्छु भन्थेँ । उहाँको अगाडि कहिले पनि आशुँ झारिन । शान्ति दिएर राखे । छोराहरुलाई पनि कुनै टेन्सन दिइन ।'देशको लागि गीत संगीतको क्षेत्रमा ठूलो योगदान पुर् याउनुभएको भक्तराजको उपचारमा सरकारले खासै चासो नदेखाए पनि नेपाली कांग्रेसका नेता गणेशमान सिँहले ब्यक्तिगत रुपमा ४५ हजार रुपैयाँ सहयोग गर्नुभएको घट्नालाई शुशिला कहिल्यै विस्रनुहुन्न । त्यसो त तत्कालिन समयमा प्रधानमन्त्री रहनुभएको गिरिजाप्रसाद कोईरालालाई पनि उहाँले भेट्ने निक्कै प्रयास गर्नुभएको थियो । तर कयौँ पटक जाँदा पनि भित्र पस्नसमेत नदिएको घट्ना उहाँको जीवनको नमीठो इतिहास बनेको छ । उपचारकै क्रमममा भक्तराज आचार्यलाई लिएर उहाँ २०५६ मा एक्लै जर्मनी जानुभएको थियो । जर्मनीका लागि नेपालका तत्तकालिन राजदूत डा। नोवलकिशोर राईको विशेष पहलमा उपचारको लागि दुई महिना बसे पनि खास उपलब्धी भएन । दिनको करिब ८० हजार खर्च लाग्ने भएपनि सबै खर्चको बन्दोवस्त राजदूत डा। राईकै पहलमा भएकोले त्यति समस्या परेन । तर आफ्नै शरिरका विभिन्न ठाऊँको मासुकाटेर प्रत्यारोपण गरि बनाईएको जिब्रोले काम गरेन । बरु थप पीडा दियो । तथापि उहाँको गुनासो छैन । भने अहिले केही भए पनि आचार्यको जिब्रो आफै पलाएको छ । स्पष्ट बोल्न नसके पनि उहाँले बोलेको बुझ्न सकिन्छ । बाँच्ने क्रममा आउने विपत्तिहरुलाई सहजताका साथ स्वीकार्ने आचार्य आफूलाई त्यो शक्ति भगवानले दिएको विश्वास गर्नुहुन्छ । २०४५ सालमा भाइहरुको सहयोगमा पाएको जमिनमा दुईतले घरबनाउनु अगाडि १९ स्थानमा डेरा सर्दै बस्दा भोगेका तीता अनुवभहरुलाई आजभोलि भजनशिरोमणि श्रीमान र गायक छोराहरुले प्राप्त गरेको समाजिक प्रतिष्ठासँग साटासाट गर्दै ललितपुरमा बसिरहनुभएको सुशिला विगतको संघर्षप्रति निक्कै गौरव गर्दै भन्नुहुन्छ 'पैसाले नाम निन्न पाईन । मान्छेको जीवनमा इज्जत ठूलो कुरा हो ।'

आमा प्रति सत्य

संसारमा सायदै यस्तो आमा हुन्छिन होला जो हामीले पाएका छौँ । हामीलाई आमाले सस्कार सद्भाव र माया दिएर एउटा मान्छे बनाउनुभयो । ठूला ठूला जर्नेल कर्णेलहरुले माग्न आउँदा आउँदै पनि सिन्का पनि नसारको पाँडेकाजीको कान्छी छोरी एउटा कलाकारसँग विहे गरेर एक किसिम उहाँले 'स्याकि्रफाईस' (बलिदान) नै गर्नुभयो । गायकलाई सम्मान गर्नुभयो । त्यत्रो दुर्घटना भए पनि उहाँले बच्चा र श्रीमान्को इज्जतको लागि भनेर धेरै संघर्षमय जीवन बिताउनुभयो ।अहिले पनि उहाँ १६ वर्षे युवती झँ काम गर्नुहुन्छ । हामीलाई हौसला दिनुहुन्छ । कमै नारीहरुमा मात्र त्यस्तो मुटुहुन्छ । नारीलाई धर्तीको रुपमा हेरिन्छ र हाम्रो ममी वास्तविक धर्तिहुनुहुन्छ । उहाँ खत्तम भयो भनेर कहिले पनि रोइकराई गर्नुभएन । बुबा पीडाले गर्दा आत्माहत्या गर्छु भन्नुहुन्थ्यो । तर रातभर नसुती उहाँ रेखदेख गर्नुहुन्थ्यो । एउटा श्रीमती दिदी र आमा सबै जिम्मेवारी उहाँले सफलतापूर्वक निर्वाह गर्नुभएको छ । उहाँ जस्तै दुःख परे पनि मलाई हेरेर चित्त बुझाए हुन्छ भन्नुहुन्छ । यो एउटा उदाहरण नै हो । सबै आमाहरु यस्तै भईदिउन् । आमाबारे स्वरुप हरेक सफल पुरुषको अगाडि एउटा महिलाको हात हुन्छ भन्ने मान्ने हो भने हाम्रो पछाडि उहाँ कै हात छ । ममीले हामीलाई पारिवारिक समाजिक सस्कार दिनुभयो भने ड्याडीले सांगीतिक सस्कार । आमा कै कारण हामी दुःखमा कहिल्यै आत्तिएनौ सुखमा कहिल्यै पात्तिएनौँ । उहाँ हामीले पाएको हरेक सफलतामा सकारात्मक प्रतिकि्रया दिनुहुन्छ । गीत सुनेर फेअर कमेन्ट गर्नुहुन्छ । हामीले कहिले पनि मैले यो गरे मलाई यो दिनुपर्छ भनेर ममीसँग माग गरेनौँ । ममीको सफल सल्लाहको कारण हामीले एसएलसीमा स्कुल टप गरेका थियौँ । हामीले सँधै आफैँ गर्नुपर्छ भन्ने सोच्यौँ । हरेक आमा बाबुको इच्छा छोराको हाईट आफूभन्दा अग्लो भएको हेर्ने हुन्छ । हामीले आमालाई त्यसरी नै लियौँ ।

No comments:

Post a Comment