Thursday, November 5, 2009

नाटकलाई जीवनसँग जोड्दै सुनिल

नाटक क्षेत्रमा वीसौँ वर्ष लाग्दा पनि सोचे जस्तो उपलब्धी नपाए पछि सुनिल पोख्रेल अमेरिका उड्ने तरखरमा थिए । अमेरिकाको कुनै एक कलेजमा भर्ना भईसकेको थियो । श्रीमती निशा शर्मासमेतको सर्टिफिकेटहरु अंग्रेजीमा अनुवादित भएर भिसाको लागि अमेरिकी राजदुतावास पेश हुन तम्मतयार थिए । तर वर्षौ लगानी गरेको नाटकु क्षेत्र छाड्न उनको मन मानिरहेको थिएन । त्यसैले 'अन्तिम प्रयास गरि हेरौँ' भनेर आरोहण नाट्य समूहकासाथीहरुसहित शुरु गुरुकुल नाट्य घर । घरघरमा पुग्ने देशी विदेशी टेलिसिरियलहरुको बाढि आईरहेको बेला पैसा तिरेर नाटक घरसम्म दर्शक आउला त मनमा शंका लाग्दा लाग्दै पनि शुरु गरिएको गुरुकुलप्रति बौधिक तथा साचार क्षेत्रकॊ राम्रो समर्थन मिलेपछि त्यसले नेपाली समाजले करिव करिव विसर्िसकेको नाटकलाई पुर्नजिवन त दियो नै कलाकार सुनिल पोख्रेलको पहिचाहन पनि निर्माण गर् यो । आजभोलि नियमित नाटक माचन गर्ने देशको एक मात्र स्थान गुरुकुल र कलाकार पोख्रेल पर्यावाची झै भएको छ । जहाँ दिनहुँ सयौँको संख्यामा दर्शकहरु नाटक हेर्न पुग्छन् । असी प्रतिशत दर्शक भने युवाहरु हुन्छन् । इतिहास बनाईसकेको जनकलाकार रायणको गीति नाटक सिम्मा र माधव धिमिरेको मालती मंगले पछि चामचुम बनेको नेपालको नाटक क्षेत्रलाई यसले गति दियो । साथै कलाकार पोख्रेललाई सार्वजानिक पहिचाहन । खोटाङमा जन्मिएर २०३३ सालतिर परिवारसँगै विराटनगर बसाई सरेपछि २०३६ सालतिर काठमाडौ छिरेका सुनिलसँग आजभोलि लाखौँ रुपैयाँ पर्ने कार छ । चर्चित आवासीय क्षेत्रमा रहेको घर नाटक प्रदर्शन तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा देश विदेशको यात्रा एक किसिम पूर्ण जीवन बाँचिरहेका पोख्रेल आफ्नो उपलब्धीप्रति जति खुसि छन् नाटकलाई समाजमा स्थापित गराउन आफूले गरेको संघर्ष सम्झँदा त्यतिकै गौरवान्धित पनि । सिम्मा र मालती मंगलेको प्रदर्शन पछि नाटकले नेपाली कलाक्षेत्रबाट करिव करिब चर्चा गुमाईसकेको थियो । यस्तो अवस्थामा भाडामा लिएको जग्गामा शुरु गरिएको गुरुकुलसम्म मान्छे ल्याउनु कम चुनौतिपूर्ण थिएन । 'एउटा मान्छेलाई पहिलो चोटी नाटक हेर्न ल्याउनु जस्तो गाह्रो केही छैन ।'नाटकप्रति नेपाली दर्शकहरुको मनोविज्ञान इंगित गर्दै पोख्रेल भन्छन् 'तर एक पटक आएपछि नियमित बन्छ । गुरुकुलमा एउटै नाटक १७ पटकसम्म हेर्ने दर्शक पनि छन् ।' हुन पनि टेलिभिजन सिनेमा तथा मनोराजनका विभिन्न नयाँ प्रविधिहरुको विकास भएर घरघरै पुगिरहेको अवस्थामा करिव तीन सय वर्ष अगाडि यूरोपियन समाजमा मनोराजनको महत्वपूर्ण माध्यम रहेको नाटकसम्म आउने दर्शकको संख्या ठूलो छैन । कम्प्यूटरबाट एनिमेटेड आश्चर्यजनक घटनाहरु प्रत्यक्ष झै देख्न सकिने घट्ना अनुसारको दृश्यावलीको मनोराजन लिन छाडेर कमै मान्छेमात्र नाटक घरसम्म पुग्छन् । तथापी मान्छेलाई नै प्रत्येक्ष अगाडि देखिने नाटकको स्वाद लिने दर्शकहरुको संख्या अझै सकिएको छैन । तिनै मान्छेहरुबीच पोख्रेल नाटकलाई 'प्राज्ञिकता' दिन तल्लिन छन् । किनकी उनलाई लाग्छ नाटक र जीवन एकअर्कासँग ज्यादै निकट छ । एकले अर्कोलाई सँधै साथै राखेका हुन्छन् । 'जीवनमा नाटक हुन्छ र नाटकमा जीवन यी दुवै बीच बहुत पातलो रेखामात्र छ । त्यसैले दुबैले बेलाबेला एक अर्कालाई अतिक्रमण गरिरहन्छ ।' उनी भन्छन् 'जीवन जति एब्स्ट्रयाक छ । नाटक पनि त्यति नै एब्स्ट्रयाक हुन्छ । यसलाई यहिँ हो भनेर परिभाषित गर्न ज्यादै गाह्रो छ । सिनेमालगायत मनोराजनको अन्य क्षेत्रभन्दा नाटकलाई 'तल्लो दर्जा' ठान्ने सामाजिक मनोविज्ञानलाई परिवर्तन गर्दै यसलाई प्राज्ञिक थलोको रुपमा स्थापित गर्ने प्रयास गरिरहेका यी कलाकारको नाटकप्रति यति सम्मान छ कि काठमाडौमा गुरुकुल जस्तो चार/पाँच वटा नाट्यघर चल्नु पर्ने तर एउटामात्र भएकोमा उनी आश्चर्य मान्छन् । २०३८ सालतिर 'आरोहण नाट्य समूहुमा सम्लग्न हुँदै नाटकभित्र जीवन खोजिरहेका पोख्रेलले भारतको राष्ट्रिय नाट्य विद्यालयबाट नाटक मै स्नातक गरेका छन् । कुनै बेला पत्रकारसमेत रहेका पोख्रेलले केहि टेलिसिरियल र कथानक चलचित्रहरुमा पनि भूमिका निर्वाह गरेका छन् । संसारलाई एक रंगमाच र मान्छेलाई नाटकको एक पात्रको रुपमा भरिभाषित गर्ने प्रख्यात नाटककार शेक्सपियरको उक्तिलाई पढ्नेमात्र होईन बुझ्ने मेलोमा समेत लागेका सुनिल एउटै क्षेत्रमा संलग्न कलाकार निशा शर्मासँग भएकोमा गौरव गर्छन । दश कक्षामा पढ्ने छोराको अविभावक पोख्रेललाई एउटै क्षेत्रका श्रीमति पाउनुको वेफाईदा पनि होला नी पोख्रेल भन्छन् 'नाटक बाहेक अरु केहि हुँदैन । प्रायः सँधैसँगै भईनेहुनाले ढाँट्न पाईन्न ।'

सुनिलबारे श्रीमती निशा

सुनिलसँग हाम्रो भेट ३६ सालतिर भएको हो । त्यतिवेला म ९/१० वर्षको मात्र थिएँ । उहाँ मेरो दिदीको साथी हुनुहुन्थ्यो । त्यसको केहि वर्ष पछि नै उहाँ अध्ययनको लागि भारत जानुभयो । भारतबाट बीच बीचमा फर्कँदा हामी नाटकमा सँगै काम गथ्यौँ । उहाँ भारत लागेपछि नाटकको चहलपहल पनि गायव हुन्थ्यो । हाम्रो त्यस्तो खास प्रकारको सम्बन्ध थिएन । तर वरिपरि निक्कै हल्ला चल्यो । त्यसपछि उहाँले प्रस्ताव राख्नुभयो । मैले घरमा माग्न आउनुहोस भनेँ र दुबैको सहमतिमा कुरा छिनेको चार वर्षपछिमात्र हाम्रो विवाह भयो । सुनिल एकदमै सफा दिलको हुनुहुन्छ साथसाथै जिद्दि पनि । कुनै पनि कुरा गर्छु भनेपछि जसरी हुन्छ गर्ने पर्ने उहाँको बानी छ । अरुलाई छिट्टै विश्वास गर्नुहुन्छ । मुड्डी स्वाभाव त सबै कलकारको हुन्छ नै उहाँमा पनि त्यो छ । चित्त नबुझेको कुरा तत्काल नभनेर धेरै समयपछि भन्नेबानी उहाँको अलि नराम्रो छ । म त्यस्तो कुरा छिट्टै भन्छु । उहाँचाहि समय मिलाएर एक दुईदिन पछि वा एक दुईहप्ता पछि भन्नुहुन्छ । कतिपय कुरा त बर्षौँ पछि पनि भन्नुहुन्छ । त्यसले समस्या उत्पन्न गर्छ । सिद्धान्त र भाषणमा उल्लेख भए झँ महिला अधिकारको लागि उहाँ ब्यवहार मै सम्मान गर्नुहुन्छ । नाटक र त्यसमा फिट हुने कलाकार छनौट गर्ने क्रममा पनि हामी दुबैबीच सल्लाह हुन्छ । सल्लाह नलिई उहाँले कुनै पनि कलाकार लिनुहुन्न । नाटक मै जीवन बिताउने क्रममा हामी कतिपटक भोक भोकै पनि बसेका छौँ । मान्छेहरु नाटकलाई ुस्वाङुको रुपमा अथ्र्याउँछन् । तर यो जीवनको सत्य हो । मान्छेले त्यसलाई अस्वीकार गरेको मात्र हो । हामी सत्यबाट भाग्न खोज्छौँ । तर त्यो सम्भव छैन । हामी दुई जना भने नाटकलाई सत्यसँग जोड्न खोजिरहेका छौँ ।
यूवा माच मासकिमा प्रकाशित, २०६६ असोज

No comments:

Post a Comment