Friday, November 13, 2009

सडकमा एउटा रातो झण्डा छ

हौ लुङ्गा !
लौ त
हारमा हार मिलाएर धान नाच्ने यी जोर हातहरु
तालमा ताल मिलाएर साकेला नाच्ने यी जोर खुट्टाहरु
अब िसंहदरबार छिर्ने बेला भो
तिम्रो माटो लुट्ने कठपुतली शासक विरुद्ध
अर्को पटक लड्नु पर्ने भो ।


मित्रहरु भन्छन्-
गोलिसँग नझुकेको एउटा शीर छ'रे
बारुद्धको धुँवाबाट उम्किएको एउटा जीवन
गणतन्त्र त ल्याईएयो कमरेड
ब्याजमा एटा जीउँदो ज्यान छ'रे
सबभन्दा ठूलो कुरो
यही ज्यानलाई शहिद बनाई जनवादी गणतन्त्र ल्याउने रहर छ'रे

ऐहोई लुङ्ग!
तब हामी के अलमलमा परिाख्नु !
ओ सडक उभिएको मान्छे
घरको झ्याल र छतहरुबाट के रमिता हेरिरहेका छौ
सडकमा एउटा मशाल तिमीलाई पर्खिरहेछ
सडकमा एउटा ईटा तिम्रो हात कुरीरहेछ
भागदौडमा छुटेको एउटा रातो झण्डा छ
के त्यो झण्डा उठाउने तिम्रो शासह छ

खर्पनमा जिन्दगीको दर्पण बोकेर
कुन अमेरिका खोज्ने कोलम्बस बन्न हिँडिरहे छौ पासा
सडकमा तिम्रो नाम इतिहास बन्न खोजिरहेछ
सडकमा आन्दोलनकारीको रगत झै रातो झण्डा लडिरहेछ
यत्रतत्र छरिएका जुत्ताचप्पलको बीचबाट
के त्यो झण्डा उठाउने तिम्रो शाहस छ?

हौ लुङ्गा !
यो धर्तिको िसंच्याएर अवाद गर्ने पाखुरामा
के त्यो झण्डा उठाउने तागत बाँकी छ?
सडकमा एउटा रातो झण्डा छ ।
-२०६६ कार्तिक २७

2 comments:

  1. हौ लुङ्गा !
    मलाई त मन पर्यो हौ यो कविता ।

    ReplyDelete
  2. Kawitaa ta ramro 6a tara journalist jousticevanne ani kawitaa matrai padhaune Rajesh g? journalist Group ko parsanga pani Blogma share vaye ta sarai ramro hune thiyo!!!
    www.rammukarung.blogspot.com

    ReplyDelete