-राजेश चाम्लिङ
युद्ध लड्न चाहेजस्तो आँखा जुधाउने
भाग्न खोज्दा डरले
फिस्स हाँसिदिने
त्यो मान्छे
जसलाई म सपनाभरी खोजिहिँड्थ्ये
मुटु झिकि दिन्छुभन्दा
हातमा काँडा छ भन्ने
मनको घरमा निम्तो दिँदा
रुन चाहान्न भन्ने
फकाईदिन्छु छायाँ भन्दा
अल्झेला पछ्यौरी भन्ने
कालो कालो छोटो कपालमा
कालै स्कार्फले
चाहाना ढाकि हिँड्ने
पल्लो घरको छतमा निस्किएर
कुमारी छोरीको खातिर
एक अन्जुली रीस फ्याँक्ने
घरवेटी जस्तो
त्यो मान्छे
जसको लागि हृदयमा
एउटा खाता खोलेँ
त्यो मान्छे
हरेक साँझ अस्ताउँछ
पश्चिमको घाम सँगै
हरेक रात उदाउँछ
पूर्वको जूनसँगै
मानसमा
ब्यालेन्स भएर
तीतो तीतो सम्झनाको ब्याज पकाउँदै
अझ पनि साँउको साउँ छ
मेरो एकाउन्टमा
Sunday, September 20, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment