मलाई थाह छ तिमी मेरो भाषा बुझ्दैनौ
वर्षौ अघि तिमीसँग मित लाएपछि
मैले बोल्न छाडेको छु
तिम्रो नाम जप्दा जप्दै
आफ्नै नाम भुलेको छु
यतिन्जेल
तिमीले बाँधिदिएको
संवैधानिक सीमाभित्र बाँचिरहेँ
तिमीले तोकिदिएको
चार किल्लाभित्र फुलिँरहेँ/झुलिरहेँ
फक्रँदै/झर्दै झर्दै/फक्रँदै पर्खिरहेँ
वास्तवमा मेरो भाषा त सहिद पो भएछ
हो त्यस्तो सहिद
जसको रातो रगतले इतिहास लेखिन्छ
तर इतिहासको अक्षर कालो हुन्छ
त्यस्तो सहिद
जसको बलिदानले इतिहासको
पाङ्ग्रा अधि बढ्छ
तर इतिहासको भाषा अर्कै हुन्छ
म त्यो सहिद भएँछु
जसले इतिहास बनाउँछ
तर इतिहासको पानामा उसको नाम छुट्छ
जस्तो कि माहुरे गढिमा बुइलाहाङ
जस्तो कि भैरवनाथ गणमा नवीनहाङ
तिमी कहाँ हरायौ हँ
त्यो दरवारको ठीक अघिल्तिर
सडकमा ढलिराखेको मेरो लास कुल्चिराखेर
त्यो दरवारको ठीक अघिल्तिर
मेरो रगतले कोरेको सीमारेखा छिचोलेर
तिमी कहाँ हरायौँ
के तिमी दरबारको पुरानो झ्याल रिपायर गर्दै छौ
जो आन्दोलनकारीले हानेको इँटाले फुटेको थियो
हेर त सडकमा
आन्दोलनकारीले छाडि गएका जुत्ता चप्चलहरु
अझै पनि असरल्लै छन्
विशेषाङ्क साहित्यिक त्रैमासिक वर्ष १ अंक १ २०६५
Saturday, September 12, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment