'यसपाली घर जाने कि नजाने?
'घर कहिले जाने हो?'
साथीहरुसँग भेटघाट हुँदा वा टेलिफोनमा कुराकानी हुँदा आजभोलि प्रत्येक पटक यी वाक्यांशहरु सोधिन्छन् । नेपालका हिन्दुहरुले मनाउने चाड दर्शैँ नजिकिएकोले सबैलाई यी प्रश्नहरुको सहज लाग्छन् । मैले थाहापाएदेखि नै हाम्रो घरमा दशैँ मनाईएको कहिले पनि याद छैन । कुन परिस्थितिले हो साथीहरुले वर्णन गरेझै दशैको मजा लिनसक्ने उमेर भईसक्दा हाम्रो घरपरिवारमा दशै मान्न छाडि सकिएको थियो । यद्धपी माऊलो गएर भने धेरैपछि लाग्छ २०५३÷०५४साल सम्म टीका लाउने र दक्षिणा थाप्ने गरिन्थ्यो । त्यभाइबहिनीको नेत्रित्व गर्दै जानु पर्ने भएकोले होला त्यसमा त्यति धेरै आनन्द आउँदैन थियो । राजनैतिक चेतना आएपछि त्यो बन्द नै गरियो । त्यसैले दशैँलाई त्यस्तो धुमधाम चाड जस्तो मलाई कहिल्यै लागेन । बरु वासिम खाँदै महिनौँसम्म दौँतरीहरुसँग नाच्न पाईने साकेला आयो कि त्यसै त्यसै ह्दयमा घर पुग्न पाए जस्तो लाग्छ । स्कुल कलेज सरकारी कार्यलय निजी संघसँस्थालगायत सबैमा लामो विदा हुनेभएकोले यो प्रश्न सोधिनु कुनै ठूलो विषय होईन । तर यहाँ उठाउन खोजिएको विषय घर जाने नजानेको होईन कथित महान चाड दशैँले बोकेका राजनीतिक साँस्कृतिक आर्धिक र धार्मिक पक्षहरुको केहि विश्लेषण गुर्न हो ।
दशैँको धार्मिक पक्ष
दशैँ हिन्दुहरुको चाड हो । वर्षको दुई पटक मनाईने भए पनि चैते दशैँलाई खास पर्वको रुपमा मानिएको पाईदैन । असोज/कार्तिकमा मनाईने दर्शैँलाई भने धुमधामका साथ मनाउने गरिएको छ । त्यसैले सामान्यत दशैँ भन्नाले यहि बेला मनाईने चाडलाई बुझ्ने गरिएको छ । दशैँसँग जोडिएका महिशुर र देवी दुर्गाको मिकथ होस वा राम र रावणको मिथक यी सबै हिन्दुहरुको नायक नायीकाहरु हुन् । दशैँ मनाउदा अपनाईने विधिविधानले पनि यो हिन्दुहरुको चाड भएको स्पष्ट पार्दछ । परापूर्वकालदेखि शक्तिको पूजा गर्ने हिन्दु धार्मिक मान्यता अनुसार दशैँ शक्तिको पूजा गर्दै मनाईने चाड हो । देवी दुर्गालाई पुज्ने परम्परा यसको बलियो उदाहरण हो । टीका लगाउँदा प्रयोग गरिने आशिर्वादको भाषा सँस्कृत र त्यसको मर्म पनि शक्ति प्राप्त गर्ने मनसायबाट प्रेरित रहेको छ । सँस्कृत कुनै समय शासक वा शक्तिकेन्द्रमा रहेकाहरुको भाषा थियो । यो कहिलेदेखि मनाउन थालियो यसको एकिन तथ्त्य कसैले किटा नर्ग सकेको छैन । तथापी दुर्गाहाङ याक्खा राईले ुब्राम्हाणवाद विरुद्ध जनजाति र उत्पीडित वर्गु पुस्तकमा यसको शुरुवात लिच्छवीकालमा भएको हो कि भन्ने तर्क राखेका छन् । त्यसो त धार्मिक मान्यतामा आधारित अधिकांश चाडहरु मनाउन शुरु गरिएको कुनै निश्चित मिति भेटिँदैन । दशैँ पनि धार्मिक मान्यताको जगमा स्थापित चाड भएकोले कुनै निश्चित मिति नभेटिनु स्वाभाविक हो ।
दशैैको राजनीतिक पक्ष र जनजाती
धार्मिक मान्यताबाट स्थापित भएको दशैँलाई शासकहरुले गैरहिन्दुहरुलाई हिन्दुकृत गर्ने बलियो माध्यमको रुपमा प्रयोग गर्न थाले पछि यसले राजनैतिक अर्थ पनि बोक्न थालेको छ । जनमुक्ति पार्टीको अगुवाईमा ुदशैँ बहिस्कार आन्दोलनु थालिए पछि त यसले झन ठूलो राजनीतिक रुप ग्रहण गरेको छ । चाड मनाउने नाममा हुने भड्किलो खर्चको कारण यो आजभोलि हुनेखाने र हुँदा खानेको बीच वर्गीय चरित्र बोकेको चाडको रुपमा समेत स्थापित हुनथालेको छ । खासगरि पूर्वका राई लिम्बु याक्खा सुनुवारलगायतका गैर हिन्दु जातीहरुलाई हिन्दुकृत गर्ने क्रममा यसको ब्यापक प्रयोग भएको पाईन्छ । शासकहरुले बलपूर्वक दशैँ मान्न वाध्य पारेपछि पनि आफ्नो चाड नभएको कारण दशैँ नमान्ने जिद्धि गरेपछि किराती समुदायका रामलीहाङ र रिदामालाई तात्तकालिन राणा सरकारले विजया दशमी कै दिन मृत्यु दण्ड दिएर उनीहरुको घरमा राँगा काटि भत्यार लगाएको ब्राह्णवाद विरुद्ध जनजाति उत्पीडित वर्गः राई १९९६ तत्थ्यले पनि यसको राजनीतिक अर्थ रहेको पुष्टि गर्दछ ।
शासकहरुको बल प्रयोगका कारण दशैँ मनाउन बाध्य भएर आजभोलि कतिपयले आफ्नै चाडको रुपमा लिन थाले पनि वास्तविक रुपमा यो उनीहरुको चाड होईन । दशैँ किरातीलगायतका जनजातिहरुको चाड नभएको प्रमाणित गर्ने थुप्रै उदाहरण छन् । १ यो हिन्दुहरुको चाड हो किरातीहरु हिन्दुधर्मावलम्बी होईनन् । २ यसमा शक्तिको पूजा गरिन्छ किरातीहरु कहिले पनि शक्तिको पूजारी थिएनन् उनीहरु प्रकृतिको पूजा गर्छन् । दर्शै यदि उनीहरुको चाड हुन्थ्यो भने निश्चय पनि त्यो प्रकृति पुजासँग सम्बन्धित भएर जोडिन्थ्यो । ३ जनजातिहरुले मनाउने प्रत्येक चाडको गीत रहेको पाईन्छ । अर्थात जनजातिहरुले मनाउने चाडको आफ्नै विषेशता बोकेको गीत रहेको हुन्छ । जस्तै साकेला चाडको आफ्नै गीत छ । रोधीको आफ्नै भाका र शैलीको गीत छ । तर दशैँको त्यस्तो कुनै गीत छैन । त्यसैले पनि यो उनीहरुको चाड हुनसक्दैन । ४ मुद्दुम किरातीहरुको उत्पति देखि दैनिक जीवनको ब्याख्या र जीवन निर्वाहको क्रममा आउने विविध घटनावलीहरुको ब्याख्या हो । त्यसमा किरातीहरुले मनाउने प्रत्येक चाड परम्परा सँस्कारको ब्याख्या पाईन्छ । तर दशैँबारे मुद्दुमा केहि उल्लेख नभएको विद्धवानहरुको राय छ । त्यसैले पनि यो किरातीहरुको चाड होईन । ५ दशैँ विजयको प्रतिक हो । यसको मुख्य विषय नै विजयको प्रतिकको रुपमा ुटीकाु लगाउनु हो । जनजातिहरुमा कुनै विषमा विजय प्राप्त गरे हर्षोल्लास गर्दा टीका लगाउने परम्परा छैन/थिएन ।
यी सबै तथ्यहरुको अलवा दशैँ मनाउँदा किरातीहरुले अपनाउनु पर्ने विधिबाट पनि यसको थप पुष्टि गर्न सकिन्छ । जस्तो दशैमा मार हानेपछि प्रत्येक किरातीको घरमा हातको औँलाको पाजाले रगतको चिन्ह राखेको पाईन्छ । बुढापाकाहरुका अनुसार त्यो तात्कालिन सरकारको प्रतिनिधिहरुको लागि राखिएको चिन्ह हो । किराती वस्तीमा दशैँ मनाईयो कि मनाईएन भनेर निरिक्षण गर्न सरकारले प्रत्येक वर्ष एक प्रतिनिधि खटााईएको हुन्थ्यो । उसले घरको भित्तामा हातको पाजाले रगतको छाप लगाएको नदेखेमा दशैँ नमानेको ठहरिन्थ्यो र उनले ुअड्डाु तात्कालिन प्रशासनलाई खबर गर्दथ्यो । त्यसपछि रगतको छाप नहुने परिवारलाई दण्डित गरिन्थ्यो । आफ्नै मातृभाषा रहेको जनजाति समुदायले दशैमा टीका लगाउँदा आर्शिवाद दिनेक्रममा सँस्कृत भाषा किन प्रयोग गर्छन भानुभक्त आचार्यको रामायण छ्यापछ्याप्ती नभईन्जेल नेपाली भाषासमेत बोल्न नजान्ने किरातीहरुले ुआईन्द्र नसुते सत्रौँ छायौँ र गभे………ु कसरी सिके होलान दशैँ उनीहरुको आफ्नै चाड हुन्थ्यो भने त आफ्नै भाषामा आशिार्वाद दिने वा कुनै पुजा गर्ने पक्कै पनि हुन्थ्यो । किनकी छौवा माछाकुमा लगायतका हरेक परम्परागत सँस्कार सम्पन्न गर्दा किराती समुदाय अन्तर्गतका चाम्लिङ राईहरुले आफ्नै भाषामा विधिविधान सम्पन्न गरेजस्तै अन्य किराती समुदायको पनि आफ्नै भाषामा त्यो अवश्य हुनेथियो । यी ब्यावहारिक तथ्यहरुले पनि दशैँ जनजातिहरुको होइन भन्ने पुष्टि गर्दछ ।
दशै मान्ने र नमान्ने विवाद
लामो समयदेखि राज्यको तर्फबाट हरेक प्रकारका सुविधा दिएर दशैँलाई राष्ट्रिय चाडको रुपमा स्थापित गर्ने प्रयास गरिनुमा भएपनि सामाजिक रुपमा यसलाई सबैले आफ्नो चाडको रुपमा स्वीकार गर्न सकेका छैनन् । पछिल्लो चरणमा त यो राजनैतिक आन्दोलनको विषयसमेत बनेको छ । राई लिम्बु गुरुङ मगरलगायतका समुदायको केहि अगुवाहरुले सार्वजानिक कार्यक्रम नै गरेर यो बहिस्कार आन्दोलन गरेका थिए ।यद्धपी ती समुदायका थुप्रैले अझै पनि दशैँलाई चाडको रुपमा मानिरहेकै छन् । भूमण्डलीकरणको कारण सम्पूर्ण विश्व नै एउटै भईरहेको बेला भ्यालेन्टाईन डे जस्तो सँस्कृति विश्वब्यापी भईरहेको बेला एक समय सबैले स्वीकारी सकेको चाडलाई किन विवादमा पार्ने यो सम्पूर्णदेशलाई एकशुक्रमा बाँध्ने साधन पनि हो । यो बाहेक नेपालमा कुन चाड छ जसले देशलाई एकै ठाउँमा ल्यउन सक्छ त्यसैले यसको विरोध गर्नु र बहिस्कार गर्नुभन्दा भएका कमि कमजोरीलाई सच्याएर नयाँ ढंगले मनाउनु राम्रो । यस्ता थुप्रै तर्कहरु पनि आउने गर्छन् । तर यी सबै विवादको समाधान होईनन् बरु एकात्मक राज्यको पुरानो आर्दश स्थापित गर्ने तर्कहरु हुन । किनकी दशैँ विवादास्पद चाड बनिसकेको छ । योसँग कतिपय समुदायको रगत लिएको इतिहाँस गाँसिएको छ । भने कतिपय समुदायले आफ्नो सँस्कृति मास्ने अभियानको रुपमा पनि लिएका छन् । के समय वित्यो भन्दैमा कसैले आफ्नो आमामाथि बलात्कार गर्ने मान्छेलाई माफी दिनसक्छ यसो भन्दैमा दशैँ सबैले बहिस्कार गर्नेपर्छ भन्ने होईन । तर सबैले मान्नै पर्छ भन्ने पनि छैन । लौ दर्शैँ बहिस्कार गरौँ भन्दै िहंड्नु जति बेकार छ ुलौ राष्ट्रिय चाड दशैँ आयोु भन्दै वकालत गर्नु त्यति नै हास्यास्पद छ । यो अब विगतमा आफ्नो समुदायमाथि शासकहरुले गरेको दमनको मौन समर्थन गर्ने त्यसको विरोध गर्ने भन्ने विषयको रुपमा स्थापित भईसकेको छ । त्यसैले जो विरोध गर्छन उसले नमनाउनु स्वाभाविक हो र जो मौन समर्थन गर्छन उसले मनाउनु पनि त्यतिकै स्वाभाविक हो ।
Tuesday, September 15, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment