Thursday, September 17, 2009

सपना

राजेश चाम्लिङ
झुट हो भन्ने
थाहापाएर होला
सायद
आजभोलि
तिमीलाई खोज्न छाडेको छु

तिम्रो वस्ती

मेरो वास्तविकताको दूरी
टाढा भएकोले हुनुपर्छ
तिमीसम्म आउने चाह मारिसकेको छु

तिम्रो स्वर्णिम संसारसँग
तुषारे जीवन नअटाउने भएरै होला
सामिप्यता टुटाउन छाडेको छु

सत्य भए 'सपना'
फोस्रो मुटु लिएर
भर्भराउँदो जीवन बाँच्नु पर्ने
तिम्रो विवशता देखेर
आजभोिल तिमीलाई
देख्न छाडेको छु
तिम्रो बारे सोच्नै छाडेको छु

1 comment:

  1. manche kun bela kabi huncha bhanne prasna aja puna uthyo manma .. kabita ramro cha hai..khai kina nafuli jharyo kopila.. pir ra naramailo dubai lageko cha...

    ReplyDelete