तिमी, इतिहास र म
-राजेश चाम्लिङ
लौ सुन!
देखेऊ
यतैबाट चलाईयो त्यसको सवारी
एक झोँक्का हिनहिनाईराखेर
गयो त्यो विश्वासघाती
विलकुल भगवान विष्णु जस्तै
तिम्रो बहादुरिताको सडकमाथिबाट
जसमूनि दवाईएको छ
मेरो टाउको
र प्लास्टर गरिएको छ
बादशाहहरुको जालि इतिहासस अलकत्र
त्यो इतिहास
जो लेखियो मेरो रगतले
तर लेखे उनीहरुले
र म
आफ्नो नाम पढ्न अगावै शहिद भएँ
ओ! सडक छेऊ उभिएको मान्छे
कतै भेटे भेटे जस्तो
कतै देखे देखे जस्तो
आफ्नै जस्तो लाग्छ
त्यो तिम्रो चिम्सो चिम्सो आँखा
त्यो तिम्रो होचो होचो कद
के विलखवन्दमा छौ ?
गएर सोध्नु घाम जूनसँग
सोध्नु खोलानालासँग
र हेर्नु ऐसेँलु झ्याङभित्र अल्झिएका सवुतहरु
त्याहाँ मित बनेर आए उनीहरु
पि्रत लाएर िगंडे हाम्रो टाउको
र लुटे हाम्रो माटो
ए इमान्दार मान्छे
कहिले विजय गर्छौ
तिमी चोमोलुङमा आफ्नै स्वाभिमानको
कहिले छिचोल्छौ त्यो दुर गन्तब्य
इतिहास आफ्नै सडकको
कहिले पढ्छौ इतिहास आफ्नै रगतको ।
Wednesday, September 16, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment