अध्ययन गर्नु आफैमा महत्वपूर्ण कुरा हो । तर त्यस्तो अध्ययन जो जीवनको लक्ष उदेश्य र आकांक्षालाई डोर् याउँदै सार्थक जीवनको गोरेटोसम्म पुर् याउछले साँच्चिनै मानिसहरुलाई उत्साह दिँदो रहेछ । आजभोलि त्यस्तै भएको छ । एक वर्ष अगाडि मिलेको स्थायी सरकारी जागिर स्नातक तहसम्मको अध्ययन आदिको सफल्ताले मलाई लागेको थियो कि अब मेरो जीवन स्थिर हुनुपर्छ । मैले चाहेको प्राप्ती सायद यति नै हो । अब एउटा स्थिर जीवनको लागि अत्यावश्यकीय साथी खोज्नेछु र बाँकी यात्रा उनीसँगै हुने छ । तर साथीको खोजीमा लागेको मन धाईते भएर फर्किए पछि लागेको थियो । मेरो जीवनको यात्रा सकियो । तर जीवन त्यसरी मात्र कहाँ चल्न सम्भव छ र रोक्छु भन्दा भन्दै पनि यसको गति कहाँ रोकिन्छ र अर्थात छिटो अगाडि जान्छु भनेरमात्र कहाँ यसले आफ्नो गति बढाउन सक्दो रहेछर यसको आफ्नै नियम हुँदो रहेछ जसलाई चाहेर या नचाहेर पालना गर्नु सबैको विवसता नै रहेछ । जीवनप्रति यति उदाशिन भएर सायद मैले कहिल्यै सोचेको थिईन । म सँधै आशावादी मान्छे । मैले चाहेको हरेक चीज संघर्ष गरेर पनि प्राप्त गर्नु पर्छ चाहे त्यो आज होस या भोलि सायद मेरो स्वाभाव यस्तै थियो । त्यसैले कुनै पनि असफल्ता मेरो लागि नयाँ सफल्ताको शुरुवात हुन्थ्यो । तर भोगाईको यो कुनामा आएर त्यो मेरो अद्धतप्रति गहिरिएर सोच्न म बाध्य भएको छु । अति नै निराशा छाए पनि मन बहलाउन पुस्तक पढ्न थालेको छु । त्यसक्रममा मित्र बबिताले दिनुभएको करिब साढे चार सय पृष्टको ुमास्टर अफ द गेमु उपन्यास एकै दिनमा सकेँ । पहिले पनि पढिसेकेको पारिजात दिदीको संस्मरण संग्रह पाँच जसमा चारवटा कृति समावेश छन् लाई पनि दुई दिनमा सकेँ । त्यस्तै युवाहरुको गीत जो मेरो जीवनको अहिलेसम्मको सबभन्दा मनपर्ने उपन्यास पनि हो । फेरि दोहोर् याएर पढ्दै गर्दा मित्र बबितालाई दिनु परेकोले पूरा गर्न सकिन । यी सबै पुस्तकहरु मेरो जीवनको नयाँ यात्रको लागि नयाँ खुराक बनेको छ । तथापी यी पुस्तकहरुका केहि कम्जोरी पनि छन् । भखैरै दाइ भोगिराजबाट एक भारतीय लेखकको नयाँ उपन्यास ल्याएको छु । भने प्रकाश दाइबाट अन्तरमनको यात्रा यी सबै केहि दिनको लागि खुराक हुने छ । त्यस पछि फेरि पुस्तक खोज्ने छु । यथार्तमा यो मेरो नयाँ यात्रको शुरुवाती हो कि जस्तो लागि रहेछ । ………बाँकी अर्को अंकमा
Wednesday, September 9, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment